४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

दबाबरहित चलचित्र ‘डाकिनी’

दबाबरहित चलचित्र ‘डाकिनी’
अ+ अ-

काठमाडौँ । चलचित्र निर्माण गर्दा नै बजार मूल्याङ्कन गरिन्छ । बजारले फिर्ता गर्न सक्ने रकम र जोखिमको मूल्याङ्कन गरेर निर्माणको लागत तय हुन्छ । बजारले रुचाएको कलाकारदेखि प्राविधिकको समूहमार्फत चलचित्र बन्ने गरेको छ । तर कुनै चलचित्र यी भन्दा फरक रहेर निर्माण भयो भने के होला ? न त बजेट बढ्ने डर, न बजार मूल्याङ्कन । कुनै दबाब नहुँदा चलचित्र कस्तो बन्ला ? यसको उदाहरण हो– ‘डाकिनी’ ।

बौद्धधर्मका गुरु तथा चलचित्र निर्देशक खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे) ‘डाकिनी’ प्रदर्शनका लागि नेपालमा छन् । विश्वभरका चलचित्रप्रेमी दर्शकमाझ उनी निर्देशित ‘द कप’, ‘ट्राभल्स एण्ड म्याजिसियन्स’, ‘हिमा हिमाः सिङ्ग मी अ सङ ह्वाइल आई वेट’लगायतका चलचित्र लोकप्रिय छन् ।

अङ्ग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एण्ड मुस्टाच’मार्फत विश्वभर प्रदर्शन भएको चलचित्रमा बौद्धग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी (डाकिनी)का कथा छन् । देवीको खोजीको कथा खोजिने चलचित्रमा बौद्धग्रन्थको सुन्दर आयामलाई प्रस्तुत गरिएको छ । नेपालमा यो सीमित चलचित्र भवनमा मात्र प्रदर्शन गरिएको छ ।

नेपालका निर्माता षट्कोण आर्टसको निम्तोमा नेपाल आइपुगेकाका निर्देशक नोर्बुले सरल चलचित्रको बारेमा आफ्ना विचार राखे। “हामीले हेर्ने चलचित्रमा हलिउड शैली हुन्छ । त्यो पनि परम्परागत । त्यहाँ सबै किसिमको भाव मिसाइएको हुन्छ”, उनले भने, “हामीलाई त्यस्ता चलचित्र हेर्ने बानी परिसकेको छ । त्यसैले अभिनेता वा नकारात्मक भूमिका गर्नेको बारेमा हाम्रो विचार पहिले निर्माण हुन्छ । हामीलाई त्यो भाष्य शैलीमा हलिउड र बलिउडका चलचित्र प्रशस्तै प्रस्तुत गरिसकेका छन् ।”

आफू निर्देशित चलचित्र हेर्नु अगाडि नै केही खास घटनाक्रम नहुने नोर्बुले बताए । “मेरो चलचित्रमा ठूला घटनाक्रम हुँदैनन् । त्यो हेर्दा तपाईँलाई आफ्नै कथा महसुस हुनुपर्छ । यसलाई मैले वास्तविकतासँग नजिक राखेर निर्माण गर्ने कोसिस गरेको छु”, उनले भने ।

चलचित्रका बारेमा निर्माण भएको भाष्यशैलीलाई परिवर्तन गर्न सके मात्र फरकपन महसुस हुने नोर्बुँको भनाइको तात्पर्य थियो । नेपाली र तिब्बती भाषामा रहेको चलचित्र लगभग रु १० करोडमा तयार भएको हो । यो चलचित्र बजारको निर्देशनबिना तटस्थ रहेर निर्माण गर्ने प्रयास गरिएको निर्मातामध्येका एक दिपेश खत्रीले जानकारी दिए ।

“चलचित्र निर्माणको समयमा बजारको चिन्ता थिएन । त्यसैले स्वतन्त्र रहेर काम गर्न पायौँ । कुनै दबाबलाई महसुस नगरी निर्माण भयो । अहिले प्रदर्शन पनि सीमित चलचित्र भवनमा सीमित शोमा मात्र छ”, निर्माता खत्रीले भने ।

काठमाडौँमा क्याफे सञ्चालनको तयारीमा रहेका तिब्बती मूलका युवालाई सपनामा केही सङ्केत मिल्छ । उसको साथीले सपनाको अर्थ खुलाइदिन्छ र भन्छ, ‘तिमी सात दिन बाँच्छौँ ।’ तर जब उसले यो सङ्कट डाकिनीले हटाउन सक्ने थाहा पाउँछ अनि सुरु हुन्छ डाकिनीको खोजी । उसले डाकिनी कहाँ फेला पार्छ ? उसको जीवन बच्छ कि बच्दैन रु यसकै वरपर चलचित्रको कथा बगेको छ ।

सामान्यतया चलचित्रमा सात दिनमात्र बाँच्छ भन्ने थाहा पाएको पात्रले के–के गर्छ होला ? हामीले केही यस्ता चलचित्र हेरेका पनि छौँ । तर ‘डाकिनी’ फरक छ । त्यहाँ पात्रले आफ्नै दिनचर्यामा खोजी गर्छ । उसको पीडा र सङ्घर्ष उस्तै छ, तर व्यक्त गर्ने तरिका फरक । किनकि यसलाई तटस्थ रहेर निर्माण गर्ने प्रयास गरिएको छ ।