२९ आश्विन २०८१, मंगलवार
,
Latest
अनिरुद्धाचार्यले सलमानको खुट्टा छोएको तस्बिर भाइरल, नक्कली तस्बिर बनाउने अभियुक्त पक्राउ नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा घरको कुन दिशामा राख्ने मनी प्लान्ट ? सपनामा यी कुराहरु देख्नुभएमा तपाईको भाग्य चम्किन्छ अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना पैसा खर्च गर्नुअघि यी पाँच कुरामा विशेष ध्यान दिनुहोस् भुलेर पनि यी खानेकुरा सँगसँगै नखानुहोस् नागरिक तहमा प्रश्न नउठ्ने गरी सतर्कतापूर्वक काम गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन कोरला नाकाको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखौँ: अध्यक्ष ढकाल आजबाट खुले सरकारी कार्यालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोकर्णेश्वरका दुई केन्द्रमा ६० देखि ६४ वर्षसम्मका वृद्धलाई भेरोसेल खोप दिन शुरु



अ+ अ-

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाका दुई केन्द्रमा भेरोसेल खोप ६० देखि ६४ वर्षसम्मका वृद्धलाई दिन शुरु गरिएको छ । नगरपालिकाको वडा नं.–४ स्थित सहयोगी माध्यमिक विद्यालय र वडा नं.–६ स्थित चामुण्डा माध्यमिक विद्यालय परिसरमा ६० देखि ६४ वर्षसम्मकालाई खोप लगाउन शुरु गरिएको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायले राससलाई जानकारी दिनुभयो । 
 नगरपालिकामा हालसम्म पाँच हजार ४९० जना कोरोना सङ्क्रमित भएका छन् ।

नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना फैलिएपछि तीन हजार १४२ जना सङ्क्रमित भइसकेका छन् । गत वर्ष पहिलो चरणको कोरोनाले दुई हजार ३४८ जना सङ्क्रमित भएका थिए । दोस्रो लहरले सङ्क्रमितभएकामध्ये दुई हजार २६९ जना घर फर्केका छन् । ८२८ जना अहिले पनि सक्रिय सङ्क्रमित छन् । दोस्रो लहरको कोरोनाले नगरपालिकाका ४५ जना नगरवासीको निधन भएको स्वास्थ्य शाखाले जनाएको छ । गत वर्ष पहिलो चरणको कोरोनाले भने २८ जनाको निधन भएको थियो । कोरोनाबाट ७३ नगरवासीको निधन भएको छ ।

हालसम्म एण्टिजेन परीक्षण दुई हजार २० र पिसीआर विधिबाट चार ७०३ को परीक्षण गरिएको स्वास्थ्य शाखाले जनाएको छ । नगर क्षेत्रमा कोरोनाको लक्षण देखिएकालाई गोकर्ण प्राथमिक अस्पतालमा सोमबार र बिहीबार स्वाब सङ्कलन गरी परीक्षणका लागि टेकु अस्पताल पठाउने गरिएको छ । यसैगरी नारायणटारस्थित शङ्खरापुर अस्पतालमा बुधबार पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गर्ने गरिएको छ । अत्यावश्यक भई परीक्षण गर्नुपरेमा भने एण्टिजेन परीक्षण गर्ने गरिएको नगरपालिकाले जनाएको छ । 

चीन सरकारबाट अनुदानमा प्राप्त भेरोसील खोप आजदेखि देशभर ६० देखि ६४ वर्षसम्मका नागरिकलाई लगाइँदै छ । हिमाली क्षेत्रमा भने १८ वर्षभन्दा माथिका सबैलाई खोप लगाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।