यस वर्षको फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा पुरुष एकलतर्फ ग्रीसका पाँचौं वरियताका स्टिफानोस चिचिपास र जर्मनीका छैटौं वरियताका अलेक्जान्डर झेरेभ सेमिफाइनलमा प्रवेश गरेका छन् ।
मंगलबार भएका खेलमा चिचिपासले विश्व नं. २ खेलाडी डानी मेडभेडेभलाई ६–३, ७–६, ७–५ को सेटमा पराजित गरेका थिए भने झेरेभले स्पेनी खेलाडी डाभिडोभिच फोकिनालाई ६–४, ६–१, ६–१ को सेटमा पराजित गरे ।
अब सेमिफाइनलमा चिचिपास र झेरेभबीच प्रतिस्पर्धा हुनेछ ।
पुरुष एकलतर्फ बुधबार दुई वटा सेमिफाइनल खेल हुँदैछन् । पहिलो खेल राफेल नाडाल र अर्जेन्टिनी खेलाडी डिएगो स्वार्जम्यानबीच हुँदैछ भने दोस्रो खेल विश्व नं. १ नोभाक जोकोभिच र म्याटिओ बेरेटिनीबीच हुनेछ ।
महिला एकलतर्फ मंगलबार भएका खेलमा डिफेन्डिङ च्याम्पियन इगा स्वाइटेकले मार्टा कोट्सयुकलाई ६–३, ६–४ ले पराजित गरिन् । अर्को खेलमा टमारा जिदानसेकले पाउला बडोसालाई तथा अनास्तासिया पाब्लुचेन्कोभाले इलिना रिबाकिनालाई पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेका छन् ।
––