२९ आश्विन २०८१, मंगलवार
,
Latest
अनिरुद्धाचार्यको सलमानको खुट्टा छुने तस्बिर भाइरल, नक्कली तस्बिर बनाउने अभियुक्त पक्राउ नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा घरको कुन दिशामा राख्ने मनी प्लान्ट ? सपनामा यी कुराहरु देख्नुभएमा तपाईको भाग्य चम्किन्छ अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना पैसा खर्च गर्नुअघि यी पाँच कुरामा विशेष ध्यान दिनुहोस् भुलेर पनि यी खानेकुरा सँगसँगै नखानुहोस् नागरिक तहमा प्रश्न नउठ्ने गरी सतर्कतापूर्वक काम गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन कोरला नाकाको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखौँ: अध्यक्ष ढकाल आजबाट खुले सरकारी कार्यालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो चरणको कोरोनाबाट कञ्चनपुरमा १७६ को निधन



अ+ अ-

कञ्चनपुर । दोस्रो चरणको कोरोना भाइरसको सङ्क्रमणबाट कञ्चनपुरमा हालसम्म डेढ सय बढी जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार जेठ अन्तिम सातासम्म १७६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा महिलाभन्दा पुरुष दोब्बर छन् । मृत्यु हुनेमा पुरुष १२२ र महिला ५४ छन् ।

स्थानीय तहअनुसार भीमदत्त नगरपालिकामा सबैभन्दा बढी ९७ र लालझाडी गाउँपालिकामा सबैभन्दा कम एक जनाको मात्रै मृत्यु भएको छ । भीमदत्तपछि वेदकोट नगरपालिकामा १६, दोधारा चाँदनीमा १४, बेलौरीमा १३, कृष्णपुरमा ११, शुक्लाफाँटामा १०, पुनर्वासमा सात र बेलडाँडी गाउँपालिकामा चार जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालयका अधिकारीहरुका अनुसार ज्यान गुमाउने सबैभन्दा बढी बाह्मण थरका व्यक्ति छन् । मृत्यु हुनेमा अन्यको तुलनामा जनजाति र दलित समुदायका कम छन् । अधिकांश जनजाति समुदाय बस्ने लालझाडीमा एक जनाको मात्रै मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार पिसिआर परीक्षणबाट पाँच हजार ११ जनामा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये तीन हजार ३५९ पुरुष र एक हजार ६५२ महिला छन् । पिसिआरबाट कोरोना देखिएकामध्ये हाल ३८५ सक्रिय सङ्क्रमित छन् । अन्य सबै उपचारपछि घर फर्किएका छन् ।

स्थानीय तहअनुसार पिसिआर परीक्षणबाट भीमदत्तमा सबैभन्दा बढी दुई हजार २८८ जनामा कोरोना देखिएको छ । त्यसपछि वेदकोटमा ५६१, शुक्लाफाँटामा ४४८, बेलौरीमा ४३९, कृष्णपुरमा ४३५, पुनर्वासमा ३२९, दोधारा चाँदनीमा १४९, बेलडाँडीमा ९५ र लालझाडीमा ६७ जनामा सङ्क्रमण देखिएको छ । एन्टिजेन परीक्षणबाट दुई हजार २२० जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये हाल २२६ सक्रिय सङ्क्रमित छन् ।

एन्टिजेन परीक्षणबाट भीमदत्तमा ५८३, दोधारा चाँदनीमा ३५७, वेदकोटमा १०६, शुक्लाफाँटामा ५४, कृष्णपुरमा ८७, पुनर्वासमा ३०३, बेलौरीमा ९६ र बेलडाँडीमा ४६ जनामा सङ्क्रमण देखिएको छ । पश्चिमी सीमानाका गड्डाचौकीमा गरिएको परीक्षणमा ५४० जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । गड्डाचौकीमा भारतबाट फर्किने व्यक्तिको एन्टिजेन परीक्षण गरिएको थियो ।