२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता

स्वास्थ्यमन्त्री तामाङद्वारा मातातीर्थ सामूदायिक अस्पतालमा जडित अक्सिजन प्लान्टको उद्घाटन

स्वास्थ्यमन्त्री तामाङद्वारा मातातीर्थ सामूदायिक अस्पतालमा जडित अक्सिजन प्लान्टको उद्घाटन
अ अ+ अ-

काठमाडौं । चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ स्थित मातातीर्थ सामूदायिक अस्पतालमा जडित अक्सिजन प्लान्टको उद्घाटन भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले उक्त अस्पतालमा जडित अक्सिजन प्लान्टको उद्घाटनसंगै आईसोलेशन सेन्टरको निरक्षण गर्नुभएको हो । 

काठमाडौं लोकन्थलीस्थित मुनरक ईन्टरनेश्नल प्रा.ली ले उक्त प्लान्ट जडान गरेको हो ।उद्घाटनको क्रममा मन्त्री तामाङले चन्द्रागिरी नगरपालिका अक्सिजनमा आत्मनिर्भर बनेको भन्दै यहाँका जनप्रतिनिधिहिरुलाई बधाई तथा धन्यवाद समेत दिनुभयो। उहाँले भन्नुभयो, ‘तपाईहरुको नगरपालिका आज अक्सिजनमा आत्मनिर्भर बनेको छ । यो खुशीको खबर हो । तपाईहरु सबै जना यसको लागि धन्यवादको पात्र हुनुहुन्छ ।’ उहाँले अक्सिजन प्लान्ट जडान गरेर आफ्नो जिल्ला सिन्धुपाल्चोकलाई पहिलो जिल्ला बनाउने प्रयास गरेपनि चन्द्रागिरी नगरपालिका पहिलो भएको भन्दै पुनः बधाई दिनुभयो । 

उहाँले सरकारले देशव्यापी रुपमा अक्सिजनको कुनै अभाव हुन नदिने पनि प्रतिबद्धता जनाउनु  भएको छ । अक्सिजन प्लान्ट जडान गर्नको लागि सरकारले आवश्यक बजेटसमेत विनियोजन गरिसकेकोले अब कार्यान्वयनको चरणमा जाने उहाँको भनाई रहेको छ । मन्त्री तामाङले उक्त सामूदायिक अस्पताललाई चाहिने आवश्यक सहयोग गर्न सरकार तयार रहेको पनि विश्वास गराउनु भयो । प्लान्टको उद्घाटनको क्रममा मन्त्री तामाङले देशभर नै सबै नागरिकलाई चाँडै कोरोना विरुद्वको खोपको सुनिश्चिता गर्नेगरि काम गरिरहेको बताउदै खोप सुनिश्चित नहुन्जेलसम्म सम्पूर्ण नागरिकलाई सुरक्षित रहन आग्रह गर्नुभयो ।

कार्यक्रममा अक्सिजन प्लान्ट जडान गर्ने कम्पनी मुनरक ईन्टरनेश्नल प्रा।ली।का प्रवन्ध निर्देशक ई. प्रशान्त झाले तोकिएको समयभन्दा अघि नै आफूहरुले काम सम्पन्न गरेको बताउनु भयो। उहाँले प्लान्टले २४ घण्टामा ४० लिटर क्षमताको ४० देखि ४८ वटा सिलिण्डर उत्पादन गर्ने पनि जानकारी दिनुभयो । उहाँले दश दिनभित्रै प्लान्ट जडान गर्न सकिने पनि बताउनुभयो। 

कार्यक्रममा प्रदेशसभा सदस्य रमा आलेमगरले पनि अक्सिजन प्लान्ट जडान गर्न सफल भएको भन्दै चन्द्रागिरी नगरपालिकाका जनप्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले अस्पताललाई आवश्यक सहयोग गर्नसमेत मन्त्री तामाङलाई आग्रह गर्नुभएको छ ।

त्यस्तै, कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले सबैको सहयोगले तोकिएको समयभन्दा धेरै अघि नै अक्सिजन प्लान्ट जडान गर्न सकिएको बताउनु भयो । उहाँले यसमा सहयोग गर्ने सबैप्रति हार्दिक आभार प्रकट गर्नुभयो । 

त्यस्तै, चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष सन्तोष खड्काले सबै नगरवासी, प्रदेश सदस्यहरु, जनप्रतिनिधिहरुको सहयोगको कारण चाँडै नै अक्सिजन प्लान्ट जडान गर्न सकिएको बताउनुभयो । 

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशषेज्ञ डा. रोशन पोखरेल, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निरज पौडेल लगायत नगरपालिकाका जनप्रतिनीधि र स्थानियहरुको उपस्थिती रहेको थियो ।