२९ आश्विन २०८१, मंगलवार
,
Latest
अनिरुद्धाचार्यले सलमानको खुट्टा छोएको तस्बिर भाइरल, नक्कली तस्बिर बनाउने अभियुक्त पक्राउ नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा घरको कुन दिशामा राख्ने मनी प्लान्ट ? सपनामा यी कुराहरु देख्नुभएमा तपाईको भाग्य चम्किन्छ अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना पैसा खर्च गर्नुअघि यी पाँच कुरामा विशेष ध्यान दिनुहोस् भुलेर पनि यी खानेकुरा सँगसँगै नखानुहोस् नागरिक तहमा प्रश्न नउठ्ने गरी सतर्कतापूर्वक काम गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन कोरला नाकाको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखौँ: अध्यक्ष ढकाल आजबाट खुले सरकारी कार्यालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगलागीमा घाइतेको उपचारका क्रममा मृत्यु



अ+ अ-

पाँचथर । सोमबार राति आगलागीमा परी घाइते भएकी यहाँकी एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ । सोमबार राति आफ्नै घरमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाइते भएकी फिदिम नगरपालिका–४ जोरसालकी ७२ वर्षीया तनमाया सापकोटाको उपचारका क्रममा गएराति मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार सापकोटाको झापाको मेची अञ्चल अस्पतालमा उपचार भइरहेकामा गएराति १ बजे चिकित्सकहरूले सापकोटालाई मृत घोषित गरेको हो । आगलागीमा सापकोटा गम्भीर घाइते भएकी थिइन् । आगलागीमै घाइते भई उपचाररत तनमायाका छोरा दीननाथ र नाती मदन सापकोटाको समेत सोही अस्पतालमा उपचार भइरहेको छ । उनीहरू सबै काजकृयामा बसेका बखत ग्याँस चुहिएर आगलागी भएको प्रहरीले जनाएको छ । रासस