• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

विश्वकप छनोट: नेपालको पहिलो खेल घरेलु टोली जिम्बावेसँग



फाईल फोटो

काठमाडौं । आगामी महिना जिम्बावेमा आयोजना हुने आइसीसी विश्वकप छनोटको खेलतालिका सार्वजनिक भएको छ ।

मंगलबार आइसीसीले विश्वकप छनोटको लागि खेलतालिका सार्वजनिक गरेको हो । खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन १८ जुन अर्थात असार ३ मा हुनेछ ।

खेलको उद्घाटनको दिन दुई खेल रहेको छ । उद्घाटन खेल १८ जुन अर्थात असार ३ मा आयोजक जिम्बावे र नेपालबीच प्रतिष्प्रधा हुनेछ । नेपालले दोस्रो खेल २० जुन /असार ५ मा अमेरिकासँग खेल्नेछ भने तेस्रो खेल वेस्ट इन्डिजसँग २२ जुन/असार ७ मा खेल्नेछ। नेपालले समूह चरणको अन्तिम खेल २४ जुन/ असार ९ मा खेल्नेछ ।

प्रतियोगितामा दश राष्ट्रको सहभागीता रहेको छ । सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ए मा आयोजक जिम्बावे सहित वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिकासँग परेको छ । उता, समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्याण्ड, ओमान र युएई रहेका छन् ।

समूह चरणमा प्रत्येक राष्ट्र चार खेल खेल्नेछन् ।समूहका शीर्ष ३ टोलीहरु सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सको शीर्ष दुईमा रहने टोली अक्टोबरमा भारतमा आयोजना हुने आइसीसी एकदिवसीय विश्वकपमा छनोट हुनेछ ।

१३ राष्ट्र सहभागी विश्वकप सुपर लिगको शीर्ष ८ मा रहि विश्वकप आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बंगलादेश ,इंग्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तान सिधा विश्वकपका लागि छनोट भईसकेका छन् ।