२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता

एमाले विवाद : जेठ २ मा फर्किने कि सर्वाेच्चलाई पर्खिने ?

एमाले विवाद : जेठ २ मा फर्किने कि सर्वाेच्चलाई पर्खिने ?
अ अ+ अ-

काठमाडौ । एउटै पार्टी भैकन पनि सत्तापक्ष र प्रतिपक्षको भूमिकामा रहेको नेकपा एमाले पनि एउटै कित्तामा उभिनका लागि प्रयास जारी छ र विशेषगरी दोश्रो तहका नेताहरुले सक्रिय छोडेका छैनन । 

सहमतिका लागि भन्दै जेठ ३ सम्म आईपुग्नुभएका अध्यक्ष केपी ओलीलाई १ दिन तल झार्दै जेठ २ मा पुर्याउने माधव नेपाल पक्षले भरमग्दुर प्रयास गरिहेको छ । निषेधाज्ञाकै बीचमा पनि कहिले पाँचतारे होटल त कहिले कता गरेर बसाइहरु जारी नै छन् ।

दुबै पक्षका मध्यमार्गी धारका नेताहरु बिवाद निरुपणका लागि एउटा सहमतिमा पुग्दैगर्दा दुबैतिरमा अतिबादीहरुले सहमति भाड्ने गरेको छलफलमा सहभागी एक नेताले जनकारी दिनुभयो । 

उहाँका अनुसार २०७५ जेठ २ मा फर्किनका लागि लगभग सहमति भएको थियो । पुरानो नेकपा एमालेको केन्द्रीय समितिको बैठक बस्ने र त्यस बैठकले अध्यक्ष केपी ओलीले हालै थप गर्नुएका ३१ केन्द्रीय सदस्यमा नेपाल समूहका केहीलाई थपगरी अनुमोदन गर्ने सहमति पनि भएको हो । 

अनि स्थायी समितिमा राखिएका पूर्व माओबादीबाट आएका नेताहरुलाई पनि अनुमोदन गर्ने र त्यसमा नेपाल समूहले तीनजना थप गर्ने सहमति भएको थियो । पार्टीको नवौँ महाधिवेशनमा कायम भएको पद तथा पदाधिकारी पूर्ववत अबस्थामा राख्ने र जिम्मेवारी हेरफेर गर्ने विषयमा पनि सहमति जुटेको थियो । 

यसैगरी सर्बोच्च अदालतमा बिचाराधीन रहेको रिटका बारेमा के गर्ने भन्ने बारे एक कार्यदल बनाउने अथवा सर्बोच्च अदालतले प्रतिनिधिसभा बिघटनको विषय सदर गरे एक भएर निर्बाचनमा जाने वा बदर गरे अध्यक्ष तथा प्रधानमन्त्री ओलीको नेतृत्वमा सरकार बनाउन अग्रसरता लिने पनि दुबै पक्षबीच सहमति भएको थियो । 

कार्यदलबीच एक खालको सहमति बन्दै जाँदा बरिष्ठ नेता नेपालले आफूलाई अध्यक्ष चाहिने नभए दुई अध्यक्ष राख्नुपर्ने माग गर्नुभएको थियो । त्यस विषयमा भने नेपाल पक्षबाट कार्यदलमा बसेमा सदस्यहरुले औपचारिकताका लागि मात्र कुरा उठाउका थिए ।  

ती बैठकका शृंखलाहरुको अन्तिम बैठकमा सहभागी समाचार स्रोतले भन्यो– यी यावत कुराहरुमा सहमति भइसकेपछि नेता नेपालले सबैलाई भए मलाई के त भन्दै पड्कनु भयो अनि फेरि सहमतिका कुरामा बाँसको तगारो लाग्यो । 

स्रोत भन्छ– कुरा त सहमित उन्मुख नै थियो र छ, अनि त्यो तगारो फलामको नभएर बाँसको हो, मिल्छ । लगभग सहमतिलाई अन्तिम रुप दिन अगिल्लो साता होटल याक एण्ड यतिमा छलफलमा जुटेका नेताहरुबीच भएको अनौपचारिक सहमतिमा कुरा समितिकै सदस्यले चुहाएपछि फेरि छलफल अबरुद्ध भएको थियो । 

स्रोतका अनुसार यी विषयमा सहमति भए माधव नेपाल झलनाथ खनाल सबै नेताहरु सहज रुपमा आउनुहुन्छ त भन्ने ओली पक्षका नेताहरुको जिज्ञासमा नेपाल पक्षका एक नेताले पार्टी एकतामा को को आउछन् को आउदैन सबैको पछि लाग्न आवश्यक छैन यही सहमति लाई आधार मानेर अघि बढौँ भनेपछि नेपाल समूहमा एक किसीमको खैलाबैला नै मच्चियो । 

नेपाल समूहभित्र नै एकमत नभएको निष्कर्षमा पुगेको वालुवाटारले त्यही गर्ने भनिएको सहमतिलाई आधार मान्दै अध्यक्ष ओलीले ६ बुँदे आह्वान पत्र सार्बजनिक गर्नुभएको थियो । 
अध्यक्ष ओलीले आह्वान पत्र जारी गर्नुअघि नै नेपाल पक्षका प्रभावशाली सदस्यहरुले समेत हेरेका, सहमति दिएका स्रोतको दाबी छ । स्रोतका अनुसार उहाँहरुकै आग्रहमा केही भाषा समेत संशोधन भएको थियो । 

जसका कारण बक्तव्य जारी गरेलगत्तै केही नेताहरुले अध्यक्षको आह्वान पत्र सकारात्मक रहेको भन्दै यसैलाई आधार बनाएर अघि बढ्नुपर्ने दृष्टिकोण सार्बजनिक गर्नुभएको थियो । 

अध्यक्षको आह्वान पत्रबारे पूर्व जानकारी भएपछि सोमबार आफूपक्षका स्थायी समितिका सदस्यहरुबीच छलफल गरेर मात्र दृष्टिकोण सार्बजनिक गर्ने अनौपचारिक छलफल भएको तर नेताहरुले आफुखुसी प्रतिक्रिया जनाएपछि सोमबारको भर्चुअल छलफलमा निकै आरोप प्रत्यारोप भएको थियो । 

यसअघि पनि नेपाल पक्षका केही नेतालाई अध्यक्ष ओलीको सुराकी भन्दै नेपाल पक्षका अहिलेका सबैभन्दा बढी क्रियाशील भनिएका सदस्यले हुर्मत लिएका थिए । अध्यक्ष ओलीको आह्वान पत्रपछि नेपाल पक्षको स्थायी समितिका बहुमत सदस्य मिल्नु हुदैन भन्ने पक्षमा र बहुमत केन्द्रीय सदस्यहरु पार्टी बिभाजन गर्न हुदैन भन्ने पक्षमा देखिएपछि नेतृत्वले ठोस निर्णय लिन नसकेको हो । 

मूल नेतृत्वले अन्तर संघर्षलाई कायम राख्दै सकेसम्म लम्ब्याउने र कुनै निर्णय लिनैपर्ने अबस्था आए सर्बोच्च अदालतको निर्णयलाई कुर्ने भन्दै आश्वासन दिएको थियो । सहमतिको लागि प्रयास भएपछि ओलीका प्रखर आलोचक भनिएका नेताहरुले समेत आगामी दिनमा आफ्नो राजनीतिक भविष्यका बारेमा चिन्ता लिदै कुरा गरेका थिए । 

समाचार स्रोत भन्छ– हो, यतिखेरका नेपाल पक्षका नेताहरु खासमा भविष्यप्रति नै धेरै चिन्तित देखिन्छन् । उनीहरुले आफ्नो राजनीतिक भविष्य के होला भन्नेमा बैठककैपिच्छे चिन्ता व्यक्त गर्ने गरेका छन् । 

अहिलेको चिन्ता भने संसद पुनस्र्थापना हुन्छ कि हुदैन भन्ने छ उनीहरुलाई । अनि भए पनि आफूहरुले मत दिएका देउवाले बहुमत सिद्ध गरेर सरकार बनाउन सकेनन् भने के हुन्छ भन्ने आर्काे चिन्ता छ । 

सायदै यसैले होला अहिलेको अन्तर्य पनि यो विवादबाट जेठ २ मा फर्किने कि सर्वाेच्चलाई पर्खिने भन्नेमै बढी केन्द्रित हुन थालेको छ ।