२५ श्रावण २०८३, सोमबार
,
Latest
इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्युः प्रहरी उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै भन्सार छलेर ल्याइएका सामान बरामद आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह ट्रक व्यवसायी महासंघ र सानिमा बैंकबिच सम्झौता, नागढुंगा सुरुङमार्गको शुल्क भुक्तानी क्यूआरबाट हुने दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने १० मेगावाटमुनिका जलविद्युत आयोजनाको पीपीए प्रक्रिया अघि बढाउने प्राधिकरणको तयारी गृहमन्त्री गुरुङ र उद्योगमन्त्री यादवको उपस्थितिमा मधेश प्रदेशका सांसदसँग छलफल विशेष सेवा विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलको प्लेअफ समीकरबारे सम्पूर्ण जानकारी, कुन टिमको भिडन्त को सँग ?



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को १६ औं सिजनमा लिग राउण्डका खेलहरु सकिएका छन् । ७० खेलपछि प्लेअफका चार टोलीको टुंगो लागेको छ ।

लिग राउण्डको अन्तिम खेलमा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गर्यो । यो हारपछि आरसीबी टोली प्रतियोगिताबाट बाहिरिएको छ । उसको प्लेअफ पुग्ने सपना चकनाचुर भयो । यता, आरसीबीको पराजयको फाइदा उठाउँदै मुम्बई इन्डियन्सले अन्तिम ४ मा स्थान बनाएको छ ।

आइतबार गुजरात र आरसीबीबीचको खेलअघि मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादबीचको खेल खेलिएको थियो । यो खेलमा मुम्बईले क्यामरुन ग्रीनको शतकको मद्दतले जित निकाल्यो । यो प्रतियोगितामा मुम्बईको आठौं जित हो । उसले राजस्थान रोयल्स र आरसीबीलाई पछि पार्दै चौथो स्थानमा पुग्यो ।

यदि आरसीबीले आफ्नो खेलमा गुजरातलाई हराएको थियो भने, उसले मुम्बईको बराबर १६ अंक पाउने थियो र राम्रो नेट रनरेटका साथ प्लेअफमा पुग्ने थियो । तर, त्यसो हुन सकेन र आरसीबी पराजित हुन पुग्यो । मुम्बईले उसको हारबाट फाइदा उठाउँदै प्लेअफको टिकट पायो ।

अंक तालिकाको शीर्ष स्थानमा गुजरात टाइटन्स रह्यो । उसले १४ मध्ये १० खेल जित्यो । २० अंकसहित गुजरात पहिलो स्थानमा छ । चेन्नई सुपर किंग्स र लखनउ सुपर जायन्ट्सले आठ–आठ खेल जिते । दुईबीचको एक खेल रद्द भएको थियो । यसरी चेन्नई र लखनउको १७–१७ अंक छ । चेन्नई राम्रो नेट रनरेटको आधारमा दोस्रो स्थानमा रह्यो । लखनउले तेस्रो स्थान हासिल गर्यो । मुम्बईले आठ जितबाट १६ अंक जोड्दै चौथो नम्बरमा उभियो ।

प्लेअफको कुरा गर्दा सबैभन्दा पहिले क्वालिफायर–१ मा गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीच भिडन्त हुनेछ । यो खेल चेन्नईको घरेलु मैदान चेपौक स्टेडियममा हुनेछ । यसपछि चेन्नईमा नै मुम्बई इन्डियन्स र लखनउ सुपरजायन्ट्सबीच एलिमिनेटर खेल हुनेछ ।

क्वालिफायर–१ मा हारेको टोली र एलिमिनेटर खेल जितेको टोलीबीच क्वालिफायर–२ खेलाइनेछ । यस खेलको विजेता टोलीले क्वालिफायर–१ को विजेतासँग फाइनल खेल्नेछ ।