२५ श्रावण २०८३, सोमबार
,
Latest
राखेप बोर्ड सदस्यमा धनीराम र ललिता साउनको अन्तिम सोमबारः गोदान, पूर्णपात्र गरी साउने व्रत समापन देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा गर्न माग, सम्झौता कार्यान्वयन नभए आन्दोलनको चेतावनी इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्युः प्रहरी उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै भन्सार छलेर ल्याइएका सामान बरामद आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह ट्रक व्यवसायी महासंघ र सानिमा बैंकबिच सम्झौता, नागढुंगा सुरुङमार्गको शुल्क भुक्तानी क्यूआरबाट हुने दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्युः प्रहरी



अ+ अ-

जाकार्ता। इन्डोनेसियामा साप्ताहिक ‘कार रेस’ का क्रममा एउटा कार नियन्त्रणबाहिर गएर दर्शकहरूमाथि ठोक्किएपछि आठ जनाको मृत्यु भएको र नौ जना घाइते भएको प्रहरीले सोमबार बताएको छ ।

यो दुर्घटना आइतबार राति इन्डोनेसियाको सुलावेसी टापुमा रहेको कोतामोबागु शहरमा आयोजित ‘ड्र्याग कार रेस’का क्रममा भएको हो।

“आठ जनाको मृत्यु भएको छ, आठ जना गहन उपचारमा छन् र एक जनालाई सामान्य चोटपटक लागेको छ,” उत्तर सुलावेसी प्रहरी प्रमुख रोएके ह्यारी ल्याङ्गीले भन्नुभयो ।

प्रहरीले चालकसहित धेरै प्रत्यक्षदर्शीहरूसँगको प्रारम्भिक सोधपुछ यो जानकारी गराएको हो । एक प्रत्यक्षदर्शीका अनुसार कार नियन्त्रणबाहिर गएर उत्तर सुलावेसीको राजधानी मनाडोबाट करिब १८० किलोमिटर दक्षिण–पश्चिममा अवस्थित कोतामोबागुमा रेसका दर्शकहरूमाथि ठोक्किएको थियो ।

करिब २८ करोड जनसङ्ख्या भएको यो दक्षिण–पूर्वी एसियाली राष्ट्रमा घातक सडक दुर्घटनाहरू सामान्य छन्, जहाँ सडक नियमहरू नियमित रूपमा उल्लङ्घन गरिन्छ र सवारी साधनहरू प्रायः राम्रोसँग मर्मत गरिएका हुँदैनन् । (रासस/एएफपी)