२५ श्रावण २०८३, सोमबार
,
Latest
साउनको अन्तिम सोमबारः गोदान, पूर्णपात्र गरी साउने व्रत समापन देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा गर्न माग, सम्झौता कार्यान्वयन नभए आन्दोलनको चेतावनी इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्युः प्रहरी उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै भन्सार छलेर ल्याइएका सामान बरामद आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह ट्रक व्यवसायी महासंघ र सानिमा बैंकबिच सम्झौता, नागढुंगा सुरुङमार्गको शुल्क भुक्तानी क्यूआरबाट हुने दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने १० मेगावाटमुनिका जलविद्युत आयोजनाको पीपीए प्रक्रिया अघि बढाउने प्राधिकरणको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भन्सार छलेर ल्याइएका सामान बरामद



अ+ अ-

सुदूरपश्चिम। कैलालीको कैलारी गाउँपालिका–४ स्थित क्षेत्रमा भारतबाट भन्सार छलेर ल्याइएको अन्दाजी रु ३३ लाख ९४ हजार ८०० बराबरको सामान बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले आज मोबाइलका पार्टपुर्जा, चिनी र डोरीलगायत उक्त परिमाणका सामान बेवारिसे अवस्थामा बरामद गरिएको जनाएको हो ।

प्रहरीले पछिल्लो समय भारतसँग सीमा जोडिएका क्षेत्रमा भन्सार छली तथा अवैध रूपमा सामान ओसारपसार गर्ने कार्य नियन्त्रणका लागि निगरानी तथा गस्ती बढाउँदै आएको जनाएको छ ।

त्यसक्रममा आज सामान बरामद गरिएको र आवश्यक कारबाहीका लागि ती सामान भन्सार कार्यालय त्रिनगरमा बुझाइएको कार्यालयका सहप्रवक्ता, प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिनुभयो । रासस