• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   कान्तिपुरका अध्यक्ष सिरोहियालाई दोस्रो पटक म्याद थप्न अदालत लगिँदै ★   संकटमा सञ्जुः हैदरावादविरुद्ध राजस्थानको टोली समस्यामा पर्न सक्ने ★   प्रतिपक्षीको अवरोधकैबीच प्रतिनिधि सभाबाट आज नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी ★   आईपीएल आजः फाइनल पुग्न राजस्थान र हैदरावादबीच भिडन्त ★   गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ: मन्त्री शर्मा ★   सडक चौडा गर्न वडाध्यक्षकै घर कम्पाउण्डको पर्खाल भत्काउनु पर्‍यो … ★   गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान ★   सहकारी प्रकरणः कार्यदलमा भएन सहमति, दलहरुको आ–आफ्नै दाबी ★   रविका बिरुद्ध काँग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली ★   बुद्धजयन्ती मनाइयो-फोटो फिचर

भरतपुर महानगरको झण्डा सगरमाथामा



चितवन । भरतपुर महानगरपालिकाको झण्डासर्वोच्च शिखर सगरमाथामा फहराइएको छ । गाइड नरेन ठकुरी र सहायक चेतन भोटेले महानगरको झण्डा सगरमाथामा फहराउनुभएको हो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाको विकास र समृद्धिको अभियानलाई सफल बनाउन सर्वोच्च शिखर सगरमाथामा भरतपुर महानगरपालिकाको झण्डा फहराइएको बताउनुभयो ।

देशका पालिकाहरुमा सबै सूचकहरुमा अग्रणी रहेको महानगरपालिकाको झण्डालाई सर्वोच्च शिखरमा फहराएर विश्वभर विकासको सन्देश प्रवाह गरेको उहाँको भनाइ छ । भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष मनाउँदै छ ।

यी गतिविधि महानगरको पर्यटन प्रबद्र्धनका लागि समेत सहयोगी हुने उहाँको भनाइ छ । देशकै मध्यभागमा रहेको भरतपुर महानगर पर्यटकीय गन्तव्यका रुपमा परिचित छ ।

सगरमाथामा महानगरको झण्डा फहर्‍याउने यस अभियानको संयोजन गर्नुभएका महानगरका विज्ञ प्रेस सल्लाहाकार सुरेशचन्द्र अधिकारीले सगरमाथा पुगेको टोली झण्डा गाडेर काठमाडौँ फर्किएको बताउनुभयो । टोलीलाई महानगरपालिकाले बिदाईगरेको थियो । रासस