२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हैदरावादले मुम्बईलाई दियो २०१ रनको लक्ष्य



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई २०१ रनको विजयी लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ थालेको हैदरावादले ५ विकेटको क्षतिमा २०० रन जोडेको हो । हैदरावादका लागि मयंक अग्रवालले ४६ बलमा ८३ रन जोडे । उनले ८ चौका र ४ छक्का प्रहार गरे । यस्तै, विवरान्त शर्माले ४७ बलमा ६९ रनको योगदान दिए । उनले ९ चौका र २ छक्का प्रहार गरे ।

हेनरिक क्लासेनले १३ बलमा १८ रन जोड्दा एडेन मार्कराम ७ बलमा १३ रनमा अविजित रहे । उनले अन्तिम बलमा छक्का प्रहार गर्दै टोलीको स्कोर २०० पुर्याए । ह्यारी ब्रुक गोल्डेन डक हुन पुगे । उनी पहिलो बलमै आउट भए ।

मुम्बईका लागि आकाश मधवालले ४ विकेट लिँदा क्रिस जोर्डनले एक विकेट लिए । मुम्बईलाई प्लेअफ होडमा रहन यो खेल जित्नैपर्ने दबाब छ । हैदरावाद भने प्लेअफबाट पहिले नै बाहिरिएको छ ।