६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाँस्यकलाकार श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य, आज अस्पतालबाट डिस्चार्ज



अ+ अ-

काठमाडौं । वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ बुधबार विहान अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । मुटुमा समस्या देखिएपछि गंगालाल अस्पताल भर्ना हुनुभएको श्रेष्ठको स्वास्थ्यमा सुधार देखिएपछि उहालाई डिस्चार्ज गरिएको हो । 

उहाँलाई चिकित्सकले एक महिना आराम गर्न सल्लाह दिनुभएको छ । अहिले स्वास्थ्य अवस्था सामान्य भएकोले डिस्चार्ज गर्दै दुई सातापछि फेरि रेगुलर फलोअपका लागि आउन डाक्टरले बोलाएका छन्।

मुटुमा रगत प्रवाह हुने नसा ९९ प्रतिशत बन्द भएको हुनाले उहाँलाई अचानक अत्यधिक मुटु दुखेको थियो । शुक्रबार बेलुका अस्पताल लगिएका उनको शनिबार बिहान एन्जियोप्लास्टि गरेर स्टेन्ट (धातुको ट्युब) राखिएको थियो । हालियो । जसले रोकिरहेको धमनी खुल्छ र रगत प्रवाह सामान्य गतिले हुन्छ ।

यो उनको दोस्रोपटक शल्यक्रिया हो । यसअघि, सन् २०१९ को अक्टोबरमा पनि यो शल्यक्रिया गरिएको थियो । मदनकृष्णमा कोरोना भाइरस संक्रमण अझै पनि पोजिटिभ देखिएको छ।