११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री नाडाद्वारा बाढीपीडितको राहतका लागि १० लाख रुपैयाँ सहयोग, नाडा अटो शो निरन्तर सञ्चालन हुने तीन जिल्लामा साढे दुई करोड नगद सहयोग विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित) छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक १३.५६ अंकले घटेर २ हजार ९४६.५८ विन्दुमा पुगेर बन्द



अ+ अ-

काठमाडौं । बुधबार नेप्से परिसूचक १३ दशमलव ५६ अंकले घटेको छ । यो दिन अघिल्लो कारोबार दिनभन्दा शून्य दशमलव ४६ प्रतिशत घटेर नेप्से परिसूचक २ हजार ९४६ दशमलव ५८ विन्दुमा झरेको हो । 

आज सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ८३ अंक घटेर ५२५ दशमलव २८ विन्दुमा झरेको छ । यस दिन परिसूचक घटेपनि कारोबार रकमको उच्चता भने कायमै रहेको छ । बुधवार रू. १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार बराबरको ३ करोड १३ लाख ५४ हजार २२ कित्ता शेयर कारोबार भएको छ ।

यो कारोबार २२१ वटा कम्पनीको १ लाख ५५ हजार २३९ पटकको व्यापारमा भएको हो । यसदिन सर्वाधिक रकमको शेयर कारोबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको भएको छ । उक्त कम्पनीको रू. ८७ करोड ९४ लाख ९० हजार बराबरको शेयर कारोबार भएको हो ।

बुधबारको कारोबारमा आठ ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यो दिन युनाइटेड मोदी हाइड्रोपावरको ९ दशमलव ४५ प्रतिशत, नेपाल इन्स्योरेन्सको ९ दशमलव ९५ प्रतिशत, रिडी हाइड्रोपावरको ९ दशमलव ९२ प्रतिशत, अरुणभ्याली हाइड्रोपावरको ९ दशमलव ८६ प्रतिशत, सीईडीबी  हाइड्रोपावरको ९ दशमलव ८६ प्रतिशत, बरुण हाइड्रोपावरको ९ दशमलव ८२ प्रतिशत, पोखरा फाइनान्सको ९ दशमलव ६३ प्रतिशत र प्रभु इन्स्योरेन्सको ९ दशमलव ६१ प्रतिशत शेयरमूल्य बढेको हो । 

यसदिन युनाइटेड ईदी मर्दी आरबी हाइड्रोपावर लिमिटेडको शेयरमूल्य भने सर्वाधिक ९ दशमलव ८८ प्रतिशतले घटेको छ । उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५७ ले घटेर अन्तिम मूल्य रू. ५२० कायम भएको हो ।

यसदिन उत्पादन तथा प्रशोधन समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् भने विकास बैंक समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । उत्पादन तथा प्रशोधन समूहको परिसूचक यो दिन सर्वाधिक ३ दशमलव ९८ प्रतिशतले बढेको हो ।

त्यस्तै वित्त समूहको २ दशमलव शून्य ४ प्रतिशत, व्यापारिक समूहको १ दशमलव ९२ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव २६ प्रतिशत, जीवन बीमाको शून्य दशमलव १५ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव शून्य ३ प्रतिशत परिसूचक बढेको हो ।

सर्वाधिक गुमाएको विकास बैंक समूहको परिसूचक भने ४ दशमलव ४१ प्रतिशत घटेको छ । विकास बैंकसँगै यो दिन बैंकिङ्को शून्य दशमलव ५८ प्रतिशत, होटल्स तथा पर्यटनको शून्य दशमलव शून्य ६ प्रतिशत, जलविदुतको शून्य दशमलव ५३ प्रतिशत, अन्यको १ दशमलव ३६ प्रतिशत, लघुवित्तको शून्य दशमलव ३४ प्रतिशत र लगानी समूहको शून्य दशमलव ९८ प्रतिशत परिसूचक घटेको छ ।