• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo

राजश्व संकलनमा पनि अन्तर्राष्ट्रिय समुदाय गुहार्नु आपत्तिजनक– ओली



काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दातृ समुदायसमक्ष देशभित्र राजश्व संकलन गर्न कठिनाइ परिरहेको भन्दै गुनासो सुनाएकोमा आपत्ति प्रकट गर्नुभएको छ ।

आइतबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा उहाँले राजश्व संकलन देशको आन्तरिक विषय भएको भन्दै यही जेठ १ गते प्रधानमन्त्री प्रचण्डले कूटनीतिक समुदायसँग छलफल गर्ने क्रममा देशको आर्थिक अवस्थाबारे गरेको ब्रिफिङमा प्रधानमन्त्रीले राजश्व संकलनमा अप्ठेरो परिरहेको विषय उठाएकोप्रति आपत्ति जनाउनुभएको हो ।

“सरकार प्रमुखले दातृ समुदायसँगको ब्रिफिङमा राजश्व संकलन गर्न कठिनाइ भएको उल्लेख गर्न मिल्छ ? राजश्व संकलन गर्न पनि सरकारले अन्तर्राष्ट्रिय समुदाय गुहार्न मिल्छ ? राजश्व उठाउने अनिवार्य प्राथमिक कर्तव्य सरकारको होइन ?” ओलीले भन्नुभयो ।