• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो?



काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज आइतबार सुनको मूल्य बढेको छ ।

आज छापावाल सुन तोलामा आठ सयले बढेर प्रतितोला एक लाख १० हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन उक्त सुन एक लाख नौं हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, अघिल्लो दिन प्रतितोला एक लाख आठ हजार सात सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज तोलामा एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदी एक हजार तिन सय ८५ रुपैयाँ कायम भएको छ ।