१६ श्रावण २०८३, शनिबार
,
Latest
व्यवस्था र व्यक्तिप्रतिको आक्रोश नछुट्याउँदा लोकतन्त्रमाथि चुनौती थपियोः सीता गुरुङ गाजामा हमाससहित सशस्त्र समूहको पूर्ण निशस्त्रीकरणका लागि सम्झौता भएको ट्रम्पको दाबी भारतको महाराष्ट्रमा भवन भत्किँदा नौ जनाको मृत्यु, उद्धार कार्य जारी खोप तथा प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरणका लागि नाइजेरियालाई गाभीद्वारा ५० करोड डलर सहयोग नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन विश्व स्तनपान सप्ताह आजदेखि पर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नोबेल पुरस्कार विजेताको प्रमुख आतिथ्यतामा त्रिविको दीक्षान्त हुँदै



अ+ अ-

काठमाडौँ। नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।

विश्वविद्यालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार यही पुस १० गते दशरथ रङ्गशालामा हुने समारोहमा नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुने भएको हो । उहाँले सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गर्नुभएको थियो । त्रिवि उपकुलपति प्रा डा दीपक अर्यालले नोबेल पुरस्कार विजेताको सहभागिताले विश्वविद्यालयको अन्तरराष्ट्रिय गरिमा बढ्ने बताउनुभयो ।

सम्मेलनमा यसपटकको दीक्षान्त समारोहमा कुल १६ हजार ३०० भन्दा बढी विद्यार्थी र तिनका अभिभावकसहित ४१ हजार सहभागी हुनेछन् । विश्वविद्यालयबाट स्नातक, अधिस्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका थिए । यसमध्ये १६ हजार ३८० विद्यार्थीले दीक्षान्त समारोहमा सहभागिताका लागि निवेदन दिएका थिए ।

दीक्षान्त समारोहको अध्यक्षता प्रधानमन्त्री एवं विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले गर्नुहुने जानकारी पनि कार्यक्रममा दिइयो । त्यसैगरी शिक्षामन्त्री एवं सहकुलपति महावीर पुन दीक्षान्त समारोहको विशेष अतिथिका रूपमा र ५२ जना त्रिवि सभासदहरु दीक्षान्त पोशाक (गाउन)सहित उपस्थित हुनेछन् ।

कार्यक्रममा विभिन्न सङ्काय तथा तहको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने ११ जना छात्रा तथा १४ जना छात्रले पदकसमेत पाउनेछन् । त्रिविबाट यसपटक मानविकीका १४ हजार ८५१ व्यवस्थापनका ४३ हजार ६१०, कानुन संकाय दुई हजार ३३५ र शिक्षातर्फ १६ हजार ४६७ जना उत्तीर्ण भएका थिए । रासस