१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोसी बाढी: उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिइने बाढीबाट क्षतिग्रस्त सडक–पुल पुनर्निर्माणमा जोड दिन सांसद कँडेलको माग हिमाली जलवायु तथा विपद् कोष स्थापना गर्न सरकारसँग वर्षमान पुनको माग ‘ग्रीन आर्मी नेपाल’बारे काँग्रेसको प्रश्न–अमेरिकाको ‘ब्ल्याकवाटर’जस्तै प्राइभेट मिलिटरी कम्पनी हो ? सिरहाको औरहीका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर नेपालको विपत्तिमा उज्वेकिस्तानको ऐक्यबद्धता, एशिया इन्टरनेशनल युनिभर्सिटीमा दीप प्रज्ज्वलन यस्ता छन् विहिबार बसेकाे मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरू चीनबाट राहत सामग्रीको तेस्रो खेप नेपाल आइपुग्यो, १० जना फरेन्सिक विज्ञ पनि काठमाडौंमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय सांसद खड्काको अवस्था सामान्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘वल्र्ड पावर लिफ्टिङ च्याम्पियन’ शाह नगदसहित सम्मानित



अ+ अ-

कास्की, ४ पुस : श्रीलङ्काको राजधानी कोलोम्बोमा हालै सम्पन्न वल्र्ड पावर लिफ्टिङ च्याम्पियनसिपमा महिलातर्फ च्याम्पियन बन्न सफल खेलाडी शर्मिला शाह आज पोखरामा सम्मानित हुनुभएको छ ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) कास्कीले शाहलाई नेपालबाट प्रतियोगितामा सहभागी बनेर उपाधि जित्दै देशको नाम अन्तरराष्ट्रियस्तमा राख्न सफल भएकामा नगद रु २५ हजार, सम्मानपत्र र दोसल्लाले सम्मान गरेको हो ।

हिसानको १८औँ संस्करणको स्पोटर््स मिटको उद्घाटन समारोहमा पोखरा महानगरपालिका–११ फूलबारी निवासी शाहलाई गण्डकी विश्वविद्यालयका कुलपति प्रा डा इन्द्रप्रसाद तिवारीलगायतले सम्मान गर्नुभयो ।

वल्र्ड पावर लिफ्टिङ फेडेरेसनको आयोजना र श्रीलङ्का पावर लिफ्टिङ फेडेरेसनको संयोजनमा भएको प्रतियोगितामा शर्मिलाले ८४ केजी समूहमा नेपालका लागि स्वर्ण पदक जितेकी थिइन् । भारत, पाकिस्तान, श्रीलङ्का, अष्ट्रेलिया, रसियालगायत देशका खेलाडी सहभागी भएको सो प्रतियोगितामा नेपाली खेलाडी शर्मिलाले महिलातर्फ उपाधि जित्न सफल भएकी थिइन् ।

सम्मानित शाहले आफूले विश्व च्याम्पियन बन्न कठिन यात्रा पार गरेको बताउँदै हारबाट सिक्दै अघि बढेमा सफलता हात लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पावर लिफ्टिङमा लागेको पाँच वर्षमै मैले वल्र्ड च्याम्पियन उपाधि जित्न सक्छु भनेर सोचेकी पनि थिइनँ । आत्मविश्वासका साथ निरन्तर लागिपर्यो भने सकिँदोरहेछ । देशका लागि उपाधि जित्न पाउनु मेरा लागि गर्वको कुरा हो ।”

पोखरा रङ्गशालामा आजदेखि सुरु भएको १८औँ हिसान स्पोटर््स मिटको उद्घाटन कार्यक्रम पोखरा रङ्गशालास्थित बास्केटबल कोर्टमा भएको हो । कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति प्रा डा तिवारीले बदलिँदो परिवेशसँगै खेलकुद क्षेत्र मुलुकको अर्थतन्त्रसँग समेत जोडिँदै गएको उल्लेख गर्दै यसको महत्व झनै बढ्दै गएको बताउनुभयो ।

“विश्वका धेरै मुलुकहरूको अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा खेलकुद बनेको छ । भारत, चीनजस्ता ठूला देशहरूले खेलकुदलाई विशेष प्राथमिकतामा राखी अर्थतन्त्र सुदृढ बनाउने माध्यमका रूपमा अघि बढाएका छन्”। उहाँले भन्नुभयो ।

नेपाली खेलकुदको जग बलियो बनाउन सबै सरोकारवाला पक्षको समान दायित्व रहेको जनाउँदै कुलपति तिवारीले गण्डकी विश्वविद्यालयले खेलकुदसम्बन्धी अध्ययन, अध्यापन गराउँदै आएकाले यसबाट खेल क्षेत्रमा आबद्ध युवापुस्ता लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । हिसान कास्कीका अध्यक्ष दीवाकार जैशीले स्पोर्टस् मिटमा हिसानमा आबद्ध ८० शैक्षिक संस्थाका चार हजार विद्यार्थी सहभागी रहेको जानकारी दिनुभयो ।रासस




भर्खरै