१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’

‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’
अ अ+ अ-

काठमाडौँ।  विद्यालय तहका पाठ्यक्रम र पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री बनाउन विज्ञ र सरोकारवालाले जोड दिएका छन् ।

सेभ द चिल्ड्रेन र शिक्षा पत्रकार समूहले आज आयोजना गरेको बालबालिका पाठयक्रम र पाठयपुस्तकबीचको तादम्यता विषयक अन्तरक्रियाका वक्ताहरूले जातिगत अपाङ्गता तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई पाठ्यक्रममा उचित सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले कक्षा ५, ८, र १० को सामाजिक विषयको पाठ्पुस्तक परिमार्जन गर्ने काम सुरु भइसकेको जानकारी दिनुभयो । उहाँले परिमार्जन भएका ती पाठ्पुस्तकहरू आगामी २०८४ सालको शैक्षिकसत्रदेखि कार्यान्वयनमा लगिने बताउनुभयो ।

अनुसन्धानदाता होमराज आचार्यले अहिले विद्यार्थीले पढ्दै गरेको पाठयपुस्तकहरूको अध्ययन गरी पुस्तकहरू बालबालिकामैत्री हुनुपर्ने बताउनुभयो । शिक्षा तथा मानवस्रोत विकास केन्द्रका उपमहानिर्देशक हरि निरौलाले नेपाली समाज बहुलवादी समाज भएकाले समाजको प्रतिनिधित्व कक्षा कोठा हुने गरेको उल्लेखगर्नुभयो ।

सेभ द चिल्डे«नका ‘सिनियर प्रोग्राम डेभलपमेन्ट एण्ड क्वालिटी एड्भाइजर’ डा लक्ष्मी पौडेलले पाठ्यक्रम र पाठ्यपुस्तकबीच रहेको खाडलको चर्चा गदै कार्यान्वयन तहमा समस्या रहेको बताउनुभयो । शिक्षाविद् डा विद्यानाथ कोइरालले पाठयक्रम र पाठयपुस्तक दुवै परिवर्तन गर्न सकिने भएकाले पाठ्यपुस्तक बनाउनुअघि समाजमा महत्त्वपूर्ण योगदान पु¥याएका व्यक्तिहरूको सूची तयार पारिनुपर्ने बताउनुभयो ।

शिक्षा पत्रकार समूहकी अध्यक्ष निर्जला कक्षपतिले समूहगत छलफलबाट आएका सुझावलाई पाठ्यसामग्री बनाउँदा उपयोगी बन्न सक्ने भएकाले सहभागीहरूको सुझाव सहितको प्रतिवेदन पाठयक्रम विकास केन्द्र र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा बुझाइने जानकारी दिनुभयो ।रासस