११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

बानेश्वर चोकमा आकाशे पुलको ट्रस्ट

बानेश्वर चोकमा आकाशे पुलको ट्रस्ट
अ अ+ अ-

काठमाडौं । काठमाडौंको अति व्यस्त चोकमध्यको एक नयाँ बानेश्वर चोकमा आकाशे पुलको ट्रस्ट राखिएको छ । संघीय संसद भवन नजिकै रहेको चोकमा कार्यालय समयमा र साँझको समयमा बाटो काट्ने यात्रीले सास्ती खेप्दै आएका छन् । बुधबार अपरान्ह भुइँमा बनाइएको फलामको ट्रस्टलार्य आकाशेपुलको पिल्लरमा जोडिएको छ ।

बानेश्वर चोकबाट पश्चिमतर्फ ५० मिटरको दुरीमा रहेको यो पुलले दैनिक १५ हजार जना व्यक्तिलाई वारीपारी गर्न सहज बनाउने छ । यस्तै भुइँमा सडक ट्राफिकलाई समेत सहज बनाउने छ ।

आकाशे पुल निर्माण अनुगमन गरिरहेको काठमाडौं सडक डिभिजन कार्यालयका प्रमुख कुवेर नेपालीले यो पुल यसै आर्थिक वर्षमा निर्माण सम्पन्न भइ प्रयोगमा आउने बताउनुभयो । ३८ मिटर लम्बाईको यो पुल मान्छे मात्र वारपार गर्न मिल्ने गरी बनाइएको छ ।

यो पुलको निर्माण लागत ३ करोड १० लाख रहेको छ । मान्छे हिड्ने फुटपाथको चौडाइ ३ मिटरको छ भने यो पुल जमिनबाट ५ मिटर माथि रहेको छ ।