२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्मीले खुमलटारसँग बराबरी खेल्यो



अ+ अ-

काठमाडौँ । दुई पटकसम्म लिएको अग्रतालाई कायम राख्न नसक्दा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लवले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा शुक्रवार खुमलटार युथ क्लवसँग २–२ को बराबरी खेलेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मीले दुई पटकसम्म लिएको अग्रतालाई कायम राख्न नसक्दा खुमलटारसँग अंक बाँडेको हो । यससँगै आर्मीलाई चौथो स्थानमा उक्लिने मौका गुमेको छ । प्रतिष्पर्धात्मक बनेको खेलमा आर्मीका लागि जगजित श्रेष्ठ र नवयुग श्रेष्ठले गोल गर्दा खुमलटारका दुई विदेशी फरवार्ड मेसुके ओलुमोउ र स्टेफेन समिरले एक एक गोल गरे ।

रेलिगेशन क्षेत्रबाट बच्न संघर्ष गरिरहेको खुमलटारले खेलको १४ औं मिनेटमा जगजितले फ्रिकिकमार्फत गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ३५ औं मिनेटमा मेसुकेले गोल गर्दै खुमलटारलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि दोस्रो हाफको खेलको ५१ औं मिनेटमा नवयुगले गोल गर्दै आर्मीलाई पुनः अग्रता दिलाए ।

२–१ ले पछि परेसँगै खेलमा फर्किन निकै प्रयास गरेको खुमलटारका लागि ७५ औं मिनेटमा स्टेफेन समिरले गोल गर्दै खुमलटारलाई २–२ गोलको बराबरीमा ल्याए । बाँकी समयमा दुवै टोली थप गोलका लागि प्रयास गरेपनि सफल हुन सकेनन र अंक बाँड्न बाध्य बने ।

यस बराबरीसँगै आर्मीले १९ खेलमा २६ अंक जोडेको छ । खुमलटारले १९ खेलमा १८ अंक जोडेको छ ।
लिग अन्तर्गत शुक्रवार नै भएको अर्को खेलमा हिमालयन शेर्पाले विभागीय टोली एपिएफ क्लवमाथि ३–२ को रोमाञ्चक जित निकालेको छ । हिमालयन शेर्पाले पहिलो हाफमा ३–० को अग्रता लिँदा दोस्रो हाफमा दुई गोल खान पुगेको थियो ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको खेलमा हिमालयनलाई जित दिलाउन खामिर गिल्सन,पिस्टोन मुटुम्बा र अबायोमी फाकुन्लेले एक एक गोल गरे भने एपीएफका सनिश श्रेष्ठ र युवराज खड्काले एक एक गोल फर्काएका थिए । शुरुवातबाट एपिएफलाई दबाब दिएर खेलेको हिमालयनको यससँगै जारी लिगमा छैठौं जित निकालेको छ ।

जितसँगै हिमालयनले १९ खेलमा २४ अंक जोडेको छ । एपीएफले १९ खेलमा २२ अंक जोडेको छ । लिगमा शनिवार एक मात्र खेल थ्री स्टार क्लव र सातदोबाटो युथ क्लवबीच दशरथ रंगशालामा साँझ ६ बजे हुनेछ ।