११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

कर्णाली नदीको कटानले तटीय क्षेत्रमा त्रास

कर्णाली नदीको कटानले तटीय क्षेत्रमा त्रास
अ अ+ अ-

टीकापुर । कैलालीको टीकापुर क्षेत्रमा कर्णाली नदी कटानले बर्सेनि सयौँ बिघा जमीन कटान गर्दछ । बर्खा लाग्न शुरु भएपछि यहाँका नागरिकलाई हरेक वर्ष नदी कटान तथा डुबानको त्रासले सताउँछ । यस वर्ष पनि तीव्र नदी कटानपछि कैलालीको टीकापुर नगरपालिकाका तटीय क्षेत्रका नागरिक त्रसित छन् । नदीमा पानीको बहाव बढ्न थालेपछि यहाँ कर्णाली नदीको कटान तीव्र हुँदा बस्ती तथा जमीन जोखिममा पर्ने गर्दछ । 

कर्णाली नदीको कटानले टीकापुर–७ स्थित सत्ती कर्णाली सामुदायिक वनक्षेत्रमा २० बिघा जमीन कटान गरेको छ । नदीले बर्सेनि सामुदायिक वनको जमीन कटान गर्दै आएको छ । नदी कटान नियन्त्रणका लागि वनको उत्तरपूर्वी भागमा तटबन्ध निर्माणको काम भइरहेको छ । तटबन्ध निर्माण भइरहेकै क्षेत्रमा नदीले कटान तीव्र पारेको छ । “सामुदायिक वनको २० बिघा बढी जमीन कटान भइसकेको छ । यतिखेर नदीले कटान झन तीव्र पारेको छ”, वन समितिका अध्यक्ष धनसिंह साउदले भन्नुभयो, “जङ्गल तहसनहस भइसकेको छ । कर्णाली नदीमा तटबन्ध शुरु भएको छ वर्ष भइसक्यो, अहिलेसम्म सकिएको छैन । यसले झन कटान बढेको छ ।”

अध्यक्ष साउद बर्सेनि तटबन्धका नाममा हुने उत्खननको काम सम्पन्न नगर्दा नदीले धार परिवर्तन गर्दै वन तहसनहस गर्न थालेको बताउनुहुन्छ । “तटबन्ध निर्माण कार्यमा दैनिक पाँच÷छ जनामात्र कामदार काममा खटेका छन्”, उहाँ भन्नुहुन्छ, “काम धमाधम गरे पो सकिन्थ्यो । तटबन्ध निर्माण कार्यले झन कटान बढाएको छ । जङ्गलको एउटा प्लट पूरै कटान भइसकेको छ । बेत जङ्गल नोक्सान भएको छ ।”
 
उहाँले तटबन्ध निर्माणका नाममा भइरहेको ढुङ्गा उत्खननले नदी कटान तीव्र पार्दा झन जोखिम बढेको आरोप लगाउनुभयो । सामुदायिक वन क्षेत्रमा तटबन्ध कार्यको ठेक्का सिद्धि साइ कन्स्ट्रसनले लिएको छ । टीकापुर नगरपालिकाका प्रवक्ता तथा वडा नं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला वन क्षेत्रमात्र नभई नगरपालिकाको दौलतपुर, श्रीलङ्का, धनसिंहपुर क्षेत्र, सत्ती पुलसमेत जोखिममा रहेको बताउनुहुन्छ । “श्रीलङ्का बस्ती बर्सेनि दर्जनौँ विघा कटान हुँदै आएको छ । यस वर्ष त अझ हिउँदमा पनि कटान भएको छ । त्यहाँ नदीमा पानीको बहाव घट्दा बढी कटान भएको छ”, वडाध्यक्ष ठकुल्ला भन्नुहुन्छ, “यस वर्ष बर्दियातर्फ तटबन्धको काम शुरु भएको थियो । बर्खा लागेपछि त्यो काम पनि शुरु हुन सकेको छैन । यस वर्ष बर्सातमा थप जोखिम बढ्ने देखिएको छ ।”
 
कैलाली जिल्लामा रानी जमरा कुलरिया सिँचाइ आयोजनाले कर्णाली नदी नियन्त्रणका लागि दर्जनभन्दा बढी ठाउँमा तटबन्ध निर्माणको काम गरिरहेको छ । निर्माण भइरहेका तटबन्ध कार्य ठेकेदार कम्पनीले समयमै निर्माण नगर्दा थप जोखिम बढेको वडाध्यक्ष ठकुल्लाको भनाइ छ ।
 
सात वर्षअघि कैलाली र बर्दिया जोड्न कर्णाली नदीमा निर्माण भएको सत्ती पुलसमेत नदी कटानका कारण जोखिममा छ । पुलको बर्दियातर्फ कटान तीव्र भएपछि पुल जोखिममा परेको हो । “बर्दियातर्फ कटान हुँदा छेउमा प्वाल परेको पुल बर्सेनि मर्मत गरेर टालटुल मात्र पारिएको छ । यो पुल भत्केमा बर्दिया र कैलालीको सम्पर्क टुट्ने अवस्था आउनेछ”, स्थानीयवासी शेरबहादुर साउदले भन्नुभयो, “हरेक वर्ष बर्खामा यहाँका नागरिकले नदी बस्तीमा पस्नबाट जोगाउन जैविक तटबन्ध गर्ने गरेका छन् । यसरी त्रासमा कति दिन यहाँ बस्न सकिएला रु”

हुलाकी राजमार्गअन्तर्गत पर्ने सत्तीघाट पुल निर्माण भएको पाँच वर्षसम्म निर्माण कम्पनीले मर्मत गर्ने गरेको थियो । अब निर्माण कम्पनीको सम्झौता म्यादसमेत सकिएको छ । “यही पुल पार गरेर हामी श्रीलङ्का ओहोरदोहोर गर्नुपर्छ”, स्थानीयवासी ललित बुढाले भन्नुभयोे, “टीकापुर–८ र बर्दियाको राजापुर नगरपालिका जोड्ने पुलले बर्दिया र कैलाली मात्र नभई सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशलाई जोड्ने गर्दछ, पुल जोखिममा रहेकाले अब आवतजावतमा समस्या हुने भएको छ ।”

तेह्र स्पानको ५३१ मिटर लामो पुलको किनारमा बर्सेनि तारजाली भासिदै गएको छ । बर्सातको समयमा नदीमा पानीको बहाव बढेलगत्तै तारजाली भासिने गरेको छ । रसुवा कन्स्ट्रक्सनले २०७१ सालमा निर्माण सम्पन्न गरेको पुल भासिदै जाँदा यहाँका नागरिकलाई बर्सातमा सधैँ तनाव हुने गरेको छ । रासस