• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ: मन्त्री शर्मा ★   सडक चौडा गर्न वडाध्यक्षकै घर कम्पाउण्डको पर्खाल भत्काउनु पर्‍यो … ★   गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान ★   सहकारी प्रकरणः कार्यदलमा भएन सहमति, दलहरुको आ–आफ्नै दाबी ★   रविका बिरुद्ध काँग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली ★   बुद्धजयन्ती मनाइयो-फोटो फिचर ★   नवराज वि.क.लाई सम्झदै जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाइयो ★   बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु ★   चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि ★   शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथाबाट सार्वजनिक

‘ए’ डिभिजन लिग: मछिन्द्र र फ्रेन्ड्सले अंक बाडे



काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत मच्छिन्द्र फुटबल क्लब र फ्रेन्ड्स क्लबबीचको खेल २-२ को बराबरीम सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेल बराबरीमा रोकिएपछि मच्छिन्द्र र फ्रेन्ड्सले अंक बाडेका छन् ।

प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले दोस्रो हाफमा गोल गरेका थिए । खेलको ६८ औं मिनेटमा प्रकाश बुढाथोकीले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ७१ औं मिनेटमा आफिज ओलावालेले गोल गर्दै मछिन्द्रलाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ७८ औं मिनेटमा राफिक अमिनुले गोल गर्दै फ्रेन्ड्सलाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलको ८३ औं मिनेटमा ओलावालेले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई २(२ गोलको बराबरीमा ल्याए ।

यस बराबरीसँगै मछिन्द्रले १९ खेलमा ३१ अंक जोडेको छ भने फ्रेन्ड्सले १९ खेलमा २१ अंक जोडेको छ । अंकतालिकामा मछिन्द्र तेस्रो स्थानमा रहँदा फ्रेन्ड्स १२ औं स्थानमा छ ।

यस्तै च्यासल मैदानमा भएको मनाङ मर्स्याङ्दी र संकटाबीचको खेल पनि २-२ को बराबरीमा टुंगिएको छ । कोफी कोउडुको दुई गोलमा दुई पटक अग्रता लिएपनि संकटाका युसुफ अत्रिस र मनिष डाँगीले बराबरी गोल फर्काए ।