• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo

महिला फुटबल स्टार एलेक्सिया पुटेलासले गरिन् बार्सिलोनासँग नयाँ सम्झौता



एजेन्सी । फुटबल क्लव बार्सिलोनाले एलेक्सिया पुटेलासले क्लवसँग जुन २०२६ सम्म नयाँ सम्झौतामा हस्ताक्षर गरेको छ बताएको छ ।

सम्झौता अर्को वर्षको लागि लम्ब्याउने उद्देश्यले नयाँ सम्झौता गरिएको हो ।

बार्सिलोनाका लागि ४२४ खेलमा १८९ गोल र स्पेनको राष्ट्रिय महिला टोलीका लागि ११४ खेलमा थप ३० गोल गरिसकेपछि ३० वर्षीय पुटेलासलाई अहिले सम्मकै उत्कृष्ट महिला फुटबलरमध्ये एक मानिन्छ ।

सन् २०२१ र २०२२ मा विश्वकै उत्कृष्ट खेलाडीको रूपमा बालोन डी’ओर अवार्ड पाएपछि उहाँको प्रदर्शनलाई विश्वव्यापी रूपमा मान्यता दिइएको थियो ।