२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाह्री काट्नुस् भन्दै चियापसलेले मोदीलाई पठाए १०० भारु



अ+ अ-

काठमाडौं । भारतको महाराष्ट्रको बारामतीमा चियापसल चलाउने एक व्यक्तिले प्रधानमन्त्री नरेन्द्र मोदीलाई दाह्री कटाउनका लागि १०० भारुको मनीअर्डर पठाएका छन् । 

अनिल मोरे नामक ती व्यक्तिले लकडाउनका कारण कैयौं मानिसले काम गर्न नपाएको र रोजगारी बन्द भएको बताए । उनले प्रधानमन्त्रीलाई दाह्री बढाउनको साटो रोजगारी बढाउन भनेका छन् । 

उनले भने, ‘मोदीलाई दाह्री काट्नुस् भन्दै म आफ्नो कमाइबाट १०० भारु पठाइरहेको छु । उहाँले दाह्री हैन, रोजगारी बढाउनुपर्छ । मानिसहरूको स्वास्थ्य सुविधाका लागि खोप केन्द्र बढाउनुपर्छ । मानिसको समस्या समाधान गर्नुपर्छ ।’

अनिलले बारामतीमा एक निजी अस्पताल नजिक चियापसल चलाउने गरेका थिए । विगत डेढ वर्षदेखिको लकडाउनले गर्दा उनले काम गर्न पाएका छैनन् । 

अनि रिसाएर उनले प्रधानमन्त्री मोदीको नाममा रजिस्टर पत्र पठाएर आफ्नो माग राखेका हुन् । 

उनले कोरोनाबाट ज्यान गुमाउने सबै व्यक्तिको परिवारलाई पाँच लाख भारु सहयोग गर्न । लकडाउन बढेसँगै हरेक परिवारलाई ३० हजार भारु दिन पनि माग गरेका छन् ।