३१ भाद्र २०८३, बुधबार
,
Latest
‘पृथ्वीराजमार्गको अलाइनमेन्ट नै परिवर्तन गर्नुपर्ने अवस्था छैन’–जैसी प्रतिनिधि सभा नियमावलीका विवादित प्रावधान कार्यान्वयनमा सर्वोच्चको रोक चामे–बेँसीसहर सडक अवरुद्ध इन्द्रध्वजको प्रतीक आइपुग्यो भोटाहिटीमा, शनिबार नगर प्रवेश गराइने दुर्घटनामा एक जनाको मृत्यु प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग खराब प्रदर्शनबाट नेपालको २० औं एशियन गेम्सको शुरुवात विपद् व्यवस्थापनका लागि स्पष्ट टीओआरसहित संसदीय समिति गठन गर्न कांग्रेस सचेतक राईको माग भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वगृहमन्त्री बादलपत्नी प्रभावशाली मन्त्रालय पाउने



अ+ अ-

काठमाडौं । पूर्वमाओवादीका नेता एवंम पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी संचारमन्त्री बन्ने भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज गर्न लागेको मन्त्रिपरिषद् पुनर्गठनमा पूर्वमाओवादी समूहबाट नैनकला थापाले प्रभावशाली मन्त्रालय पाएकी हुन् ।

यसअघि सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण बादललगायत पूर्वमाओवादीका ७ जना मन्त्रीहरू पदमुक्त भएका थिए । रिक्त रहेका ७ मन्त्रालयमा सात जना थपेर प्रधानमन्त्रीले आज मन्त्रीपरिषद्लाई पूर्णता दिँदैछन् । यसक्रममा उनले पूर्वमाओवादी समूहबाट नैनकलालाई संचारमन्त्री  बनाउने भएका छन् । 

पूर्वमाओवादी समूहबाट प्रधानमन्त्रीले मन्त्रिमण्डल विस्तारमा नैनकलासँगै ज्वाला शाह कृषिमन्त्री बनाउने भएका हुन् ।