३१ भाद्र २०८३, बुधबार
,
Latest
‘पृथ्वीराजमार्गको अलाइनमेन्ट नै परिवर्तन गर्नुपर्ने अवस्था छैन’–जैसी प्रतिनिधि सभा नियमावलीका विवादित प्रावधान कार्यान्वयनमा सर्वोच्चको रोक चामे–बेँसीसहर सडक अवरुद्ध इन्द्रध्वजको प्रतीक आइपुग्यो भोटाहिटीमा, शनिबार नगर प्रवेश गराइने दुर्घटनामा एक जनाको मृत्यु प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग खराब प्रदर्शनबाट नेपालको २० औं एशियन गेम्सको शुरुवात विपद् व्यवस्थापनका लागि स्पष्ट टीओआरसहित संसदीय समिति गठन गर्न कांग्रेस सचेतक राईको माग भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

योगेश भट्टराईनिकट पहाडी बन्ने भए सामान्य प्रशासन मन्त्री



अ+ अ-

काठमाडौं । सिन्धुलीबाट दुईपटक निर्वाचित भएका गणेश पहाडी सामान्य प्रशासन मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गरेको मन्त्रिपरिषदका ८ जना सदस्यमध्ये माधव नेपाल समूहका एकजना पहाडी समेटिएका हुन् । 

नेपाल पक्षका सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताहरुसँग संवाद भइरहे पनि मन्त्री बन्न नमानेपछि भट्टराईनिकट पहाडीलाई मन्त्री बनाइएको हो । 

पहाडी प्रधानमन्त्रीलाई विश्वासको मत दिने बेला अनुपस्थित भएपनि उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन रिट निवेदन दिने बेला भने हस्ताक्षर गरेका थिएनन् ।

योगेश भट्टराई र पहाडीले संयुक्तरूपमा यसअघि एमाले महासचिव ईश्वर पोखरेललाई पनि भेटेर पार्टी एकताको पहल गर्न आग्रह गरेका थिए । माधव पक्षका गोकर्ण, योगेश गणेश पहाडी र पवित्रा निरौला खरेलले हस्ताक्षर गरेका थिएनन् ।