२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन

कोरोना दोस्रो लहर : काभ्रेमा सयको मृत्यु, सात हजार सङ्क्रमित

कोरोना दोस्रो लहर : काभ्रेमा सयको मृत्यु, सात हजार सङ्क्रमित
अ अ+ अ-

काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता करिब दुई महिनाको अवधिमा यहाँ १०० भन्दा बढी सङ्क्रमितको मृत्यु भएको छ । यही अवधिमा जिल्लामा सात हजारमा कोरोना सङ्क्रमण देखिएको जनाइएको छ ।
 
गत वर्ष कोरोना सङ्क्रमणबाट ४५ जनाको मृत्यु भएको थियो । हाल कोरोना सङ्क्रमणको दोस्रो लहरमा हालसम्म १०५ को मृत्यु भएको हो । कोरोना सङ्क्रमणबाट हालसम्म यहाँका १५० को मृत्यु भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र ९डिसीसिएमसी०ले जनाएको छ । जिल्लास्थित अस्पतालमा भने विभिन्न जिल्लाका उपचारार्थ ५७ कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

केन्द्रका अनुसार हालसम्म जिल्लाका १० हजार १५३ मा कोरोना सङ्क्रमण देखिएको छ । यसमध्ये तीन हजार गत सालका सङ्क्रमित हुन् भने करिब सात हजार कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता करिब दुई महिना अवधिका हुन् । गत वर्षभन्दा बितेका दुई महिनामा दोब्बर बढी सङ्ख्यामा कोरोना सङ्क्रमितको मृत्यु भएको हो भने ७० प्रतिशत सङ्क्रमित वृद्धि भएका हुन् । तथ्याङ्कअनुसार हालसम्मका कूल सङ्क्रमितमध्ये ७९ प्रतिशत अर्थात् आठ हजार दुई सङ्क्रमणमुक्त, भइसकेका छन् ।

कोरोनाको दोस्रो लहरमा द्रुतगतिमा सङ्क्रमण समुदायमा फैलिएका कारण धेरै सङ्ख्यामा सङ्क्रमण र मृत्यु भएको केन्द्रले जनायो । “सङ्क्रमितको हेलचेक्रयाइँ र अन्तिम अवस्थामा मात्रै अस्पताल आउने गर्दा पनि केही मृत्युदर बढेको हो”, केन्द्रका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्रकुमार झाले भन्नुभयो । उहाँका अनुसार यसपालिको सङ्क्रमणदरको गति विश्लेषण गर्न नसक्दा र ‘कन्ट्याक्ट टे«ेसिङ’मा ढिलाइ हुँदा सङ्क्रमण बढेको अनुमान गरिएको छ ।
 
हालको अवस्थामा पनि मृत्युदर दैनिक सरदर दुई रहेको छ । पहिलोपटक विसं २०७७ जेठ १ गते धुलिखेल अस्पतालमा उपचारार्थ सिनधुपाल्चोकको बाह्रबीसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया सुत्केरीको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको थियो । कोरोनाबाट मृत्यु भएकी ती महिला नेपालमा पहिलो घटना हो । 

कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । कोरोना सङ्क्रमणदर बढ्दै गएपछि सो नगरपालिकाले अन्य स्थानीय तहभन्दा सबैभन्दा बढीमा सङ्क्रमण भएपछि जेठ पहिलो सातादेखि नगरपालिका ‘शिल’ गरेको गरेको थियो । त्यसलगत्तै जिल्लाका १३ मध्ये आठ स्थानीय तहले आफ्नो क्षेत्र शिल गरेको घोषणा गरे । पछिल्ला केही दिनदेखि सङ्क्रमणदर घट्दै गएपछि जिल्लाभर हाल प्रशासनको निषेधाज्ञा मात्रै लागू भएको छ ।

यसैबीच जिल्लामा केही दिनदेखि सङ्क्रमणदर घटेको र सङक्रमणमुक्त हुनेको सङ्ख्या बढेको केन्द्रको तथ्याङ्कले देखाएको छ । पछिल्लो २४ घण्टामा ९७ मा कोरोना सङ्क्रमण पुष्टि भयो भने १३२ सङ्क्रमणमुक्त भएका हुन् । अघिल्लो दिन १०२ मा कोरोना सङ्क्रमण देखियो भने २०२ सङ्क्रमणमुक्त भएका थिए । यहाँ मृत्युदर रोकिएको छैन ।

हाल जिल्लामा एक हजार ९४४ सक्रिय सङ्क्रमितमध्ये बनेपामा ३२६, धुलिखेलमा ३१८, पनौतीमा २१७, पाँचखालमा १७७, नमोबुद्धमा ९२, मण्डनदेउपुर नपामा १५७ तथा रोशीमा १२७, चौँरीदेउरालीमा ५४, तेमालमा ६९, भुम्लु १९४, खानीखोलामा ४९, बेथानचोकमा ३० र महाभारत गाउँपालिकामा १३४ सक्रिय सङ्क्रमित रहेको केन्द्रले जनायो । (रासस,राजकुमार पराजुली)