२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन

सन्तानमा पढ्ने चाहना हराएपछि अभिभावकमा चिन्ता

सन्तानमा पढ्ने चाहना हराएपछि अभिभावकमा चिन्ता
अ अ+ अ-

कैलाली । बढ्दो कोरोना सङ्क्रमणका कारण कैलालीमा लामो समय विद्यालय बन्द हुँदा घरमै बसिरहेका विद्यार्थीमा पढ्ने बानी हराउँदा अभिभावकमा चिन्ता थपिएकोे छ ।  

कोरोना सङ्क्रमण तीव्र भएपछि गत वैशाखको पहिलो साताबाट जारी निषेधाज्ञा नखुल्दा घरपरिवारसँगै बसिरहेका विद्यार्थीमा मोबाइल चलाउने, टेलिभिजन हेर्ने तथा इन्टरनेटमा झुम्मिने बानीका कारण पढ्ने बानी कम भएपछि आफूहरूमा चिन्ता थपिएको अभिभावकहरुको भनाइ छ । नियमित अध्ययन र गृहकार्यको बोझ विद्यालय बन्द हुँदा कम भएको महसुस गरी आफ्ना अन्य गतिविधिमा विद्यार्थी व्यस्त हुँदापनि उनीहरूको पढ्ने चाहनामा कमी आउने शिक्षकहरूको भनाइ छ । आफ्ना सन्तानहरूको पढाइप्रतिको लगाव कम भएकाले अभिभावकले चिन्ता मानेर बस्नुभन्दा उनीहरूलाई पुस्तकसँग कसरी नजिक बनाउने भन्नेबारे सोच्नुपर्ने जानकारहरू बताउँछन् ।  

पहिले कक्षामा राम्रै नतिजा ल्याउने तथा विद्यालयबाट घर फर्कने बित्तिकै खाना खाजा खाएर पढ्न बसिहाल्ने घोडाघोडी नगरपालिका–१० स्थित कान्ति राज्य लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत एक विद्यार्थीले निषेधाज्ञा भएदेखि हालसम्मको समयमा एकदिन पनि अध्ययनलाई ध्यान नदिँदा उनका अभिभावक अहिले चिन्तामा छन् । कक्षामा जहिले राम्रो नतिजा ल्याउने आफ्नो सन्तानको यस्तो अवस्था देखेपछि धेरै सम्झाइबुझाई गर्ने प्रयास गर्दागर्दै पढ्न नमानेको ती विद्यार्थीका अभिभावकले बताउनुभयो । 

निषेधाज्ञाको समयमा घरमै बसिरहँदा शुरु शुरुमा पट्यार लागेका कारण मोबाइल चलाउने, टेलिभिजन हेर्ने तथा इन्टरनेटमा गेम खेलिरहने गरेका कारण पछि पनि जति सम्झाउँदा विद्यार्थीले पढ्नेकुरामा त्यति ध्यान नदिँदा समस्या आएको घोडाघोडी नगरपालिका–११ का हरिराम चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “कक्षा ८ मा अध्ययनरत आफ्नो १६ वर्षीय छोराले निषेधाज्ञाको समयमा एक पटक पनि किताब समाएर नबसेको देखेपछि बारम्बार सम्झाउँन खोजेपनि उनले पढ्नेतर्फ खासै ध्यान दिएन, आजभोलि त भन्न पनि छोडिदिए, जति भनेपनि पढ्न मान्दैनन् ।” 

पढ्ने बानीको विकास त विद्यार्थीमा विद्यालयबाटै भएको हुन्छ तर त्यसमा अभिभावकको भूमिका पनि हुनुपर्छ नत्रभने लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीमा स्वभाविकरुपमा पढ्ने चाहना तथा बानी कमजोर हुँदै जाने राष्ट्रिय कलेजका उपप्राध्यापक प्रभात बोगटीको भनाइ छ ।  विद्यालय नगई घरमै लामो समय बसिरहँदा अभिभावकले आफ्ना सन्तानलाई पाठ्यक्रमका पुस्तकसँगै अन्य रचनात्मक पुस्तकहरू अध्ययन गर्नलाई उत्प्रेरित गर्नुपर्ने उहाँले बताउनुभयो । नियमित विद्यालय जानुनपर्दा विधार्थीलाई गृहकार्यको ठूलो बोझ हटेको महसुस हुने भएका कारण पनि पढ्ने चाहना कमी आउने भएकाले अभिभावकले आफ्ना बालबालिकालाई प्रेरणात्मक शैलीले पढ्ने वातावरण बनाउनुपर्ने उपप्राध्यापक बोगटीको भनाइ छ । 

अभिभावकको व्यवहार र बालबालिकको मनोविज्ञान

बालबालिकाको मनोविज्ञान यतिबेला अभिभावकको व्यवहार र भूमिकाअनुरुप निर्धारण भएको मनोविश्लेषकहरुको भनाइ छ । “यो बेलामा अभिभावकले कुन तरिकाले शिक्षा दिएका छन्, कोरोना सङ्क्रमणबाट कसरी बच्न सिकाएका छन्, कसरी नआत्तिन सिकाएका छन्, घरमा बस्दा बालबालिकालागि कुन वातावरण सिर्जना गरिदिएका छन् भन्ने कुराले निर्धारण गर्छ”, उनीहरुले भन्नुभयो । 

यो बेला बालबालिकाले कहिल्यै नभोगेका कुरा भोगिरहेका छन् । साना बालबालिका घरभित्र बस्दा एक किसिमको रमाइलो हुन्छ । तर यस्तो बेलामा परिवारले बालबालिकालाई नबुझेर गाली गर्दा ठूलो मनोवैज्ञानिक असर पर्ने उनीहरुको बुझाइ छ । मनोविश्लेषकहरुका अनुसार यो बेलामा अभिभावक आफैं चिन्तामा हुन्छन् । त्यसकारण केही अभिभावक रिसाउने, गाली गर्ने वा पिट्ने प्रकृतिका हुन्छन् । बाहिर जाँदा पनि गाली गर्ने, भित्र खेल्यो भने पनि गाली गरेको हुन सक्छ । यस्तो हुँदा बालबालिकाको मनोविज्ञानमा असर परेको अवस्था हुनसक्छ । 

आम रूपमा शिक्षक, अभिभावक, अग्रजहरूले बालबालिकालाई तिमीहरूको पढाइ छुट्यो, बर्बाद भयो भन्ने मानसिकताको विकास गराउनु हुन्न । हामी विद्यालय नै नजाँदा पनि सिकाइ जीवनपर्यन्त चलिरहन्छ भन्ने कुरा बुझाउन सक्नुपर्ने उपप्राध्यापक बोगटीको,’ भनाइ छ । नीति निर्माणमा तहमा रहेकाले पनि बालबालिकालाई मनोवैज्ञानिक रूपमा बलियो बनाउनका लागि प्रभावकारी संयन्त्र बनाउनुपर्ने उहाँले बताउनुभयो ।