२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुनः मन्त्रिपरिषद विस्तार , खगराज गृहमन्त्री, बादलपत्नी सञ्चारमा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपि ओलीले  पुनः मन्त्रिपरिषद विस्तार गरेका छन् ।  प्रधानमन्त्री ओलीले बिहीबार अपराह्न मन्त्रिपरिषद विस्तार गरेका हुन ।

बिहिवार राष्ट्रपति कार्यालयले एक विज्ञाप्ति जारि गर्दै प्रधानमन्त्री ओलीको सिफारीसमा राष्ट्रपती विद्यादेवि भण्डारीले मन्त्रिपरिषद गठन गरेका हुन् । 

सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका ओलीले जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षबाट एक मन्त्री बनाइएका छन् ।

यससँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । २५ सदस्यीय मन्त्रिपरिषद्मा तीन उपप्रधानमन्त्री छन् भने १८ मन्त्री र तीन राज्यमन्त्री भए ।