११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

“असार १ गतेबाट निषेधाज्ञा खुकुलो बनाउनुपर्छ”

“असार १ गतेबाट निषेधाज्ञा खुकुलो बनाउनुपर्छ”
अ अ+ अ-

काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेपछि काठमाडौं उपत्यका भित्रका ३ जिल्लामा निषेधाज्ञा लागु भएको ४३ दिन पुगेको छ । निषेधाज्ञाको कारण जनजीवन ठप्प छ । यसै निषेधाज्ञाको कारण कोरोना संक्रमणको दरमा कमि आएको छ । निषेधाज्ञाको कारण घरभित्र रहेका जनताहरुमा उकुस–मुकुस हुन थालेका छन् । 

यससँगै स्वास्थ्य सावधानीसाथ सेवा, व्यापार, जनजीवनलाई नियमित गर्नुपर्छ भन्ने आवाज पनि उठ्न थालेको छ । विभिन्न क्षेत्रको पेशा, व्यवसाय गर्नेले असार १ गतेदेखि अहिले लागु भएको निषेधाज्ञालाई खुकुलो बनाउनुपर्ने बताएका छन् ।

उपत्यका नगरपालिका फोरमका अध्यक्ष तथा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं उपत्यका भित्रिने र बाहिरिने नाकाहरुमा थप कडाइ गरेर उपत्यका भित्रको जनजीवन सुचारु गर्नुपर्ने बताउनुभयो । निषेधाज्ञालाई एकैपटक नभई चरणबद्ध रुपमा खुकुलो बनाउँदै लैजान सकिने मेयर शाक्यले बताउनुभयो ।

उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले सवारी साधन सञ्चालनमा रोक लगाउँदै र नाकाहरु बन्द गर्दै, स्वास्थ्य मापदण्ड पालना गराउँदै उपभोग्य वस्तुको पसल खोल्नुपर्ने बताउनुभयो । उहाँले लकडाउनमात्रै विकल्प नभएकाले विस्तारै लकडाउन खुकुलो बनाउनुपर्ने बताउनुभयो । स्वास्थ्य मापदण्ड अपनाउदै फ्रन्टलाइनरहरुलाई काममा खटाउनुपर्ने पनि उहाँको भनाई छ ।

खुद्रा व्यापार संघका पूर्व अध्यक्ष पवित्रमान बज्राचार्यले असार १ गतेदेखि लकडाउन बिस्तारै खुला गर्नुपर्ने बताउनुभयो । व्यापार व्यवसायमा गाह्रो परेको तथा निम्न आय भएका मानिसहरुलाई जीवन निर्वाहमा नै कठिन भएकाले सरकारले सोच विचार गरी लकडाउनलाई खुकुलो पार्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल अटोमोवाइल्स् डिलर्स एशोसियसनका अध्यक्ष कृष्णप्रसाद दुलालले असार मसान्तसम्ममा सामान्य अवस्थामा पुर्‍याउने गरी बिस्तारै लकडाउनलाई खोल्दै लानुपर्ने धारणा राख्नुभयो । व्यवसाय बन्द गराइरहे कहिल्यै उठ्न नसक्ने भन्दै उहाँले आर्थिक अवस्था पनि कमजोर हुने बताउनुभयो । नागरिक पनि सुरक्षित हुनका लागि आफैमा जिम्मेवार हुनुपर्ने पनि उहाँको भनाई छ ।

होटल संघ नेपालका उपाध्यक्ष विनायक शाहले विश्व स्वास्थ्य संगठनको मापदण्ड पालना गराएर व्यवसाय सञ्चालन गर्न दिनुपर्ने बताउनुभयो । सरकारका विभिन्न मन्त्रालयहरुबीच स्पष्ट नीति र समन्वय नभएको भन्दै उहाँले लकडाउन कसरी खुल्ला गर्ने भन्ने सम्बन्धमा सरकारको स्पष्ट नीति आउनुपर्ने पनि बताउनुभयो ।

वायु सेवा सञ्चालक संघका प्रथम उपाध्यक्ष अनुज रिमालले विगतमा अन्य क्षेत्रको भन्दा वायु सेवामा जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गरिएको र आगामी दिनमा पनि कडाइका साथ पालना गरिने भन्दै अर्थतन्त्रलाई चलायमान बनाउनको लागि वायु सेवालाई सञ्चालन गरिनुपर्ने बताउनुभयो ।

पर्यटन व्यवसायी सुदर्शन नेपालले पर्यटन क्षेत्रका व्यवसायी र मजदुरले कोरोना विरुद्धको दुवै मात्रा खोप पाइसकेको अवस्था रहेकाले जनस्वास्थ्यको मापदण्ड पालना गराउँदै यस व्यवसायलाई सञ्चालन गर्न दिइनुपर्ने बताउनुभयो । पर्यटन व्यवसायलाई चलायमान बनाउन लकडाउन खुकुलो बनाउँदै लानुपर्ने उहाँको भनाई छ । पर्यटन क्षेत्रलाई सुचारु गर्नका लागि व्यवसायीहरु मनोवल उच्च पारेर तयारी अवस्थामा रहेको पनि पर्यटन व्यवसायी नेपालले बताउनुभयो ।