२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन

राष्ट्रसंघीय महासचिव गुटरेसद्धारा अफगानिस्तानमा भएको हत्या निन्दा

राष्ट्रसंघीय महासचिव गुटरेसद्धारा अफगानिस्तानमा भएको हत्या निन्दा
अ अ+ अ-

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले अफगानिस्तानमा गैरसरकारी संस्थमाथि भएको हमलाको निन्दा गर्नुभएको छ । बुधबार उहाँले अफगानिस्तानको उत्तरी क्षेत्रमा भएको सो हमलाको निन्दा गर्नुभएको बताइएको छ । उत्तरी अफगानिस्तानमा शान्ति कायम गर्ने क्षेत्रमा कार्यरत एक गैरसरकारी संस्था एचएएलओका कर्मचारीमाथि सो हमला भएको थियो ।

उक्त हमलामा परी सो संस्थाका कम्तीमा पनि १० जना कर्मचारीको ज्यान गएको थियो । साथै सो हिंसात्मक हमलामा परेर अरु १६ जना कर्मचारी घाइते पनि भएका छन् ।उक्त संस्थाले उत्तरी अफगानिस्तानमा संयुक्त राष्ट्रसंघीय कार्यक्रमको संयोजकका रुपमा काम गरिरहेको छ ।

यहाँ प्रायः तालिबानीहरुले सडकमा विस्फोटक पदार्थ बिच्छाउने गरेकाले त्यसका विरुद्धमा नागरिकलाई सचेत गराउने र त्यस विस्फोटमा परी घाइते भएका नागरिकलाई उपचारको व्यवस्था गर्ने काममा सो संस्थाले काम गर्दै आएको छ ।

संयुक्त राष्ट्रसंघीय कार्यक्रमका कर्मचारीलाई यसरी हमला गरी हत्या गर्नु भनेको शान्ति विरोधी कार्य भएको भन्दै महासचिव गुटरेसले त्यसको विरोध गर्नुभएको हो ।उहाँले नागरिकका अधिकारका क्षेत्रमा काम गर्ने यस्ता संस्थामाथि गरिएको हमला जघन्य अपराध हो भन्दै त्यसमा संलग्नलाई सख्त कारबाही गर्न माग गर्नुभएको छ ।