• २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
  •   Unicode
Logo
Latest
★   जिबी राईलाई पक्राउ गर्न मलेसियाका गृहमन्त्रीसँग कुराकानी भइरहेको छ – लामिछाने ★   सुशासनका लागि विधिको शासनसँगै ध्यानयोग पनि आवश्यक छः उपप्रधानमन्त्री श्रेष्ठ ★   ‘म ग्यारेन्टी दिन्छु सलमानले कहिल्यै बिहे गर्दैनन्’ ★   गगन थापाले स्वीकारे गृहमन्त्री रवि लामिछानेको चुनौति, प्रमाण पुर्याउन नसके राजनीति छोड्ने ★   भारतको सहयोगमा बैतडीमा विद्यालय भवन बन्दै ★   धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र ★   गधाबाट मानिसले यस्ता कुराहरु सिक्नुपर्छ ★   धोनीका फ्यान मैदानमा प्रवेश गरे, उनको खुट्टा ढोगेर अंगालो मारे ★   शनिबारको दिन राहु र केतुको यो अद्भुत पाठ जप गर्नुहोस् ★   चतराधाममा पूर्ण महाकुम्भ समापन : चालिस लाख भक्तद्वारा स्नान, दर्शन

अदालतको फैसला न्यायिक नहुनसक्छ तर स्वीकार्नुको विकल्प छैन– रेशम चौधरी



फाईल फोटो

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले सर्वोच्च अदालतले मंगलबार गरेको फैसलामा आफूप्रति न्यायिक नहुन सक्ने भए पनि फैसलालाई स्वीकार्नुको विकल्प नभएको बताउनुभएको छ ।

टीकापुर घटनामा दोषी करार भई हाल डिल्लीबजार कारागारमा रहुनभएका चौधरीले कारागारबाटै हस्तलिखित विज्ञप्ति जारी गर्दै टीकापुर घटनालाई लक्षित बनाएर गरिएको फैसला स्वीकार्दै भोलि पुनरावलोकनको बाटो खुला रहेको स्पष्ट पार्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “हामी सम्मानित अदालतलाई सदा सम्मान गर्छौं, साथै सम्मानित अदालतलाई सबैले उत्तिकै सम्मान गर्नुपर्दछ, अहिले टीकापुर घटनाको फैसलालाई अनर्गल बनाउँदै जथाभावी सामाजिक सञ्जालमा जे पायो त्यही पोष्ट नगर्न हुन अनुरोध गर्दछु ।”

सर्वोच्च न्यायालयप्रति अझै पनि आफूलाई भरोसा रहेको छ भन्दै चौधरीले भन्नुभएको छ, “हामी अझै न्यायिक पर्खाइमा छौँ, त्यसैले सबैलाई सम्मानि सर्वोच्च अदालतको सम्मान गर्न अनुरोध गर्दै यो विज्ञप्ति जारी गरेको छु ।”

डिल्लीबजार कारागारमा धैर्य, सहनशीलताका साथ कैद भुक्तान गरिरहेको उल्लेख गर्दै उहाँले भन्नुभएको छ, “स्वस्थ छु, रत्तिभर मन विचलित छैन, पुस्तक लेखिरहेको छु, केही दिनमा ‘धरातल’ नामक पुस्तकका साथ तपाईंसमक्ष साक्षात हुनेछु ।”

सर्वोच्च अदालतले मंगलबार टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय भोगिरहेका चौधरीलाई उच्च अदालत दिपायलकै फैसला सदर गर्दै दोषी ठहर गरेको थियो ।