२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालतको फैसला न्यायिक नहुनसक्छ तर स्वीकार्नुको विकल्प छैन– रेशम चौधरी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले सर्वोच्च अदालतले मंगलबार गरेको फैसलामा आफूप्रति न्यायिक नहुन सक्ने भए पनि फैसलालाई स्वीकार्नुको विकल्प नभएको बताउनुभएको छ ।

टीकापुर घटनामा दोषी करार भई हाल डिल्लीबजार कारागारमा रहुनभएका चौधरीले कारागारबाटै हस्तलिखित विज्ञप्ति जारी गर्दै टीकापुर घटनालाई लक्षित बनाएर गरिएको फैसला स्वीकार्दै भोलि पुनरावलोकनको बाटो खुला रहेको स्पष्ट पार्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “हामी सम्मानित अदालतलाई सदा सम्मान गर्छौं, साथै सम्मानित अदालतलाई सबैले उत्तिकै सम्मान गर्नुपर्दछ, अहिले टीकापुर घटनाको फैसलालाई अनर्गल बनाउँदै जथाभावी सामाजिक सञ्जालमा जे पायो त्यही पोष्ट नगर्न हुन अनुरोध गर्दछु ।”

सर्वोच्च न्यायालयप्रति अझै पनि आफूलाई भरोसा रहेको छ भन्दै चौधरीले भन्नुभएको छ, “हामी अझै न्यायिक पर्खाइमा छौँ, त्यसैले सबैलाई सम्मानि सर्वोच्च अदालतको सम्मान गर्न अनुरोध गर्दै यो विज्ञप्ति जारी गरेको छु ।”

डिल्लीबजार कारागारमा धैर्य, सहनशीलताका साथ कैद भुक्तान गरिरहेको उल्लेख गर्दै उहाँले भन्नुभएको छ, “स्वस्थ छु, रत्तिभर मन विचलित छैन, पुस्तक लेखिरहेको छु, केही दिनमा ‘धरातल’ नामक पुस्तकका साथ तपाईंसमक्ष साक्षात हुनेछु ।”

सर्वोच्च अदालतले मंगलबार टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय भोगिरहेका चौधरीलाई उच्च अदालत दिपायलकै फैसला सदर गर्दै दोषी ठहर गरेको थियो ।