२४ चैत्र २०८१, आईतवार
April 6, 2025 Sunday

27.27°C

काठमाडौं

27.27°C

Kathmandu

Feels-like: 26.28

Wind: 4.63

Humidity: 21

Latest
सिंगो नेपाललाई खुला संग्रहालय बनाउनुपर्छः पर्यटनमन्त्री पाण्डे अमेरिकामा आँधीका कारण १६ जनाको मृत्यु रामनवमी पर्वका अवसरमा राम मन्दिरमा भक्तजनको भीड सानोठिमी क्याम्पसका स्ववियु अध्यक्षमाथि कुटपिट प्रधानमन्त्रीद्वारा रामनवमीको शुभकामना देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवर्द्धनमा तीन तहकै सरकरले ध्यान दिनुपर्छः राष्ट्रपति देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवर्द्धनमा तीन तहकै सरकरले ध्यान दिनुपर्छः राष्ट्रपति रवि पक्राउपछि सांसद सोविताको टिप्पणी: राज्यका संयन्त्रले कानुन पालना नगरे लोकतन्त्रको देहावसान चौतर्फी दबाबमा सरकार, तातिँदै सडक राष्ट्रपतिद्वारा सेतो मच्छेन्द्रनाथको दर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालतको फैसला न्यायिक नहुनसक्छ तर स्वीकार्नुको विकल्प छैन– रेशम चौधरी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले सर्वोच्च अदालतले मंगलबार गरेको फैसलामा आफूप्रति न्यायिक नहुन सक्ने भए पनि फैसलालाई स्वीकार्नुको विकल्प नभएको बताउनुभएको छ ।

टीकापुर घटनामा दोषी करार भई हाल डिल्लीबजार कारागारमा रहुनभएका चौधरीले कारागारबाटै हस्तलिखित विज्ञप्ति जारी गर्दै टीकापुर घटनालाई लक्षित बनाएर गरिएको फैसला स्वीकार्दै भोलि पुनरावलोकनको बाटो खुला रहेको स्पष्ट पार्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “हामी सम्मानित अदालतलाई सदा सम्मान गर्छौं, साथै सम्मानित अदालतलाई सबैले उत्तिकै सम्मान गर्नुपर्दछ, अहिले टीकापुर घटनाको फैसलालाई अनर्गल बनाउँदै जथाभावी सामाजिक सञ्जालमा जे पायो त्यही पोष्ट नगर्न हुन अनुरोध गर्दछु ।”

सर्वोच्च न्यायालयप्रति अझै पनि आफूलाई भरोसा रहेको छ भन्दै चौधरीले भन्नुभएको छ, “हामी अझै न्यायिक पर्खाइमा छौँ, त्यसैले सबैलाई सम्मानि सर्वोच्च अदालतको सम्मान गर्न अनुरोध गर्दै यो विज्ञप्ति जारी गरेको छु ।”

डिल्लीबजार कारागारमा धैर्य, सहनशीलताका साथ कैद भुक्तान गरिरहेको उल्लेख गर्दै उहाँले भन्नुभएको छ, “स्वस्थ छु, रत्तिभर मन विचलित छैन, पुस्तक लेखिरहेको छु, केही दिनमा ‘धरातल’ नामक पुस्तकका साथ तपाईंसमक्ष साक्षात हुनेछु ।”

सर्वोच्च अदालतले मंगलबार टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय भोगिरहेका चौधरीलाई उच्च अदालत दिपायलकै फैसला सदर गर्दै दोषी ठहर गरेको थियो ।