२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन

प्रदेश सांसदबाट हटाएको दुई महीना नपुग्दै यी बनिन् संघीय मन्त्री

प्रदेश सांसदबाट हटाएको दुई महीना नपुग्दै यी बनिन् संघीय मन्त्री
अ अ+ अ-

काठमाडौं ।  नेकपा माओवादी केन्द्रले दुई महीनाअघि प्रदेश सांसदबाट हटाएकी ज्वालाकुमारी साह संघीय मन्त्री नियुक्त भएकी छिन्।  

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले साहलाई कृषि तथा पशुपंक्षी विकासमन्त्री नियुक्त गरेकी छिन्। 

नेकपा एकीकरण बदर भएसँगै उनी माओवादीलाई छोडेर नेकपा (एमाले)मा प्रवेश गरेकी थिइन्। एमालेमा प्रवेश गरेसंगै उनलाई माओवादीले सांसदबाट हटाएको थियो । 

माओवादीको सिफारिशमा प्रदेश सभा सचिवालयले सांसदहरू साह, रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समिरलाई गत ३० चैतमा पदमुक्त गरिएको घोषणा गरेको थियो। उनी बारा ३ ‘क’बाट ११ हजार धेरै मत लिएर प्रदेश सभा सदस्यमा निर्वाचित भएकी थिइन्। बाराको सिमरा उपमहानगरपालिका-१५ की साह स्कुल पढ्दापढ्दै माओवादी सशस्त्र विद्रोहमा लागेकी थिइन्। 

उनी २०६४ को संविधानसभा निर्वाचनमा समानुपातिक सदस्य निर्वाचित भएकी थिइन्।  २०७४ को निर्वाचनमा उनी प्रदेश सभा सदस्यमा निर्वाचित भएकी थिइन्।