• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन ★   कार्यव्यवस्था बैठक बस्न सकेन, प्रतिनिधिसभा बैठक प्रभावित ★   गृहमन्त्रीमाथि संसदीय छानबिन समिति नबनेसम्म दुवै सदनको बैठक अघि बढ्न सक्दैन: नेता सिटौला ★   काठमाडौँ महानगरपालिका–१६ को नवनिर्मित भवन उद्घाटन ★   नेपालमा कुस्ती: चुनौतीबीच संस्कृतिको संरक्षण ★   दिल्लीका मुख्यमन्त्री केजरीवालले जुन १ सम्म अन्तरिम जमानत पाए, चुनाव प्रचार गर्न सक्ने ★   भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु ★   चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ ★   पुछारको गुजरातले चौंथो स्थानको चेन्नईसँग खेल्दै ★   मदन कृष्ण श्रेष्ठको ७४ औं जन्मदिनको अबसरमा रक्तदान

रेशम चौधरी नछुट्ने, सर्वोच्चबाट जन्मकैदको फैसला



फाईल फोटो

काठमाडौँ । सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई उच्च अदालत दिपायलकै फैसला सदर गर्दै दोषी ठहर गरेको छ ।

न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले आज दोषी ठहर हुने फैसला गरेको हो । जन्मकैदको फैसलाविरुद्ध चौधरीले सर्वोच्च अदालतमा पुनरावेदन दिएका थिए । उक्त पुनरावेदनमाथि सुनुवाइपछि सफाइ दिन नपर्ने फैसला उल्लेख गर्दै उक्त आदेश गरेको हो ।

अर्का प्रतिवादी लक्ष्मण थारूलाई उच्च दिपायलले ठहर गरेको पाँच वर्ष कैद सजायलाई घटाएर तीन वर्ष सजाय ठहर गरेको जिल्ला अदालत कैलालीकै फैसला सदर गरेको छ ।

नागरिक उन्मुक्ति पार्टी सञ्चालन गर्दै चौधरीसहितका टीकापुर घटनामा संलग्नलाई माफी दिनुपर्ने मागका कारण सरकारले नयाँ विधेयक संसद्मा दर्ता गराएको थियो । उक्त विधेयक संसद्बाट पास हुनुअघि नै अदालतले दोषी ठहर हुने फैसला गरेको छ ।

उक्त घटनामा जेल सजाय भोगिरहेका गङ्गाराम चौधरी र सीताराम चौधरीले भने सफाइ पाएका छन् ।