१७ असार २०८३, बुधबार
,
Latest
हवाई इन्धन सस्तो भएसँगै आन्तरिक उडानको भाडा घट्यो, नयाँ दर आजैदेखि लागू राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँः मन्त्री पौडेल १०० दिनमा उद्योग मन्त्रालयका उपलब्धि सार्वजनिक, प्रधानमन्त्री कार्यालयमा प्रगति विवरण पेस ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै… ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा नेपाल कानुन समाजका लेखा प्रमुख गणेशमान प्रधानलाई पत्नी शोक शान्ति बाटिकामा रहेका संरचना तत्काल हटाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन रास्वपाका तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन विदेशस्थित जनसम्पर्क समितिलाई कांग्रेस निर्वाचन समितिको निर्देशन, प्रतिनिधिको उपस्थितिमै महाधिवेशन गर्नुपर्ने पेट्रोलियम पदार्थ सस्तो भएपछि सुरक्षा निकायका पम्पमा उपभोक्ताको भीड, निजी पम्प बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ



अ+ अ-

भैँसेगाउँ । जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–६ भैँसेगाउँका गुरुङ समुदाय होमस्टे ९घरबास० र चौँरी घोडा नाचमार्फत पर्यटन प्रवद्र्धनमा जुटेका छन् ।

गोरखा जिल्लाको आरुघाट गाउँपालिका(४ आर्खेत बजारबाट सुरु हुने धादिङको गङ्गाजमुना गाउँपालिकास्थित ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’मा सो गाउँपालिकाको वडा नं ६ बसेरीमा भैँसेगाउँ छ ।

गुरुङ समुदायको बाहुल्यता रहेको भैँसेगाउँमा पर्यटन प्रवद्र्धन गर्न गङ्गाजमुना गाउँपालिकाले घरबास निर्माणको काम अगाडि बढाएको छ । गुरुङ जातिको एक सय ५० घरधुरी रहेको भैँसेगाउँमा बसोबास गर्ने धेरै स्थानीय नेपाल, भारत र बेलायती सेनामा कार्यरत छन् ।

आफ्नो जागिरे जीवनको अवकाशपछि गाउँमै केही गर्नुपर्छ भन्ने मान्यता बोकेका यहाँका गुरुङ समुदाय आफ्नो गाउँका विकासका लागि लागिपरेका छन् । गाउँपालिका– ६ का वडा सदस्य एवं भैँसे गाउँका स्थानीय धनबहादुर गुरुङले गाउँको पर्यटन विकासका लागि भैँसेगाउँ जुटेको बताउनुभयो । भैँसेगाउँमा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई यहिँ उत्पादित स्थानीय खानेकुरा ख्वाइन्छ ।

गङ्गाजमुना गाउँपालिका(६ मा एक हजार ७६ घरधुरी छन् । जसमध्ये झण्डै चार सय घरधुरी गुरुङ समुदायको छ । गुरुङबाहेक यस गाउँमा ब्राम्हण, क्षेत्री, घले, नेवार, राईसमेत बसोबास गर्छन् । समुन्द्र सतहदेखि पाँच सय ५० मिटर उचाइमा अवस्थित आर्खेत बजारदेखि दुई हजार नौ सय २० मिटर उचाइमा रहेको तीनसुरे भ्यू प्वाइन्टसम्म यो वडा फैलिएको छ ।

प्राकृतिक सम्पदाले धनी रहेको यस वडामा सुन्दर हावापानी, जल, जङ्गल, बाक्लो बस्ती, खेतीयोग्य जमिन रहेको छ । गाउँपालिकाका पर्यटन विकास संयोजक एवं वडा नं ६ का वडाध्यक्ष रमेश ढकाल घरबास र पुरानो चौँरी घोडा नाचमार्फत भैँसे गाउँ पर्यटन प्रवद्र्धनमा जुटिरहेको बताउनुहुन्छ ।

“गङ्गाजमुना तीनसुरे पदमार्ग’मा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई यहाँको अग्र्यानिक खाद्यान्न र संस्कृतिमार्फत पर्यटन प्रवद्र्धन गर्नका लागि भैँसे गाउँ घरबास निर्माण गरेका हौँ”, पर्यटन संयोजक ढकालले भन्नुभयो ।

भैँसे गाउँमा नेपालकै सबैभन्दा पुरानो माने गुम्बासमेत छ । नेपालकै दोस्रो लामो झोलुङ्गे पुलले यस वडालाई छोएको छ । उक्त पुलको लम्बाइ चार सय २० मिटर र उचाइ तीन सय ५० मिटर रहेको छ । बसेरी फार्म हाउससमेत यस क्षेत्रको पर्यटक आकर्षण गर्ने अर्को गन्तव्य हो । यस फार्म हाउसमा स्थानीयस्तरमा उत्पादित खानेकुरा खान पाइन्छ ।

यस गाउँपालिकाभित्र भैँसे गाउँमा मात्र नाचिँदै आएको परम्परागत नाच ‘चौँरी घोडा नाच’ यहाँको आकर्षक नाच हो । तिब्बत र नेपालको युद्धपछि तिब्बतलाई नेपालले पराजित गरेपछि उक्त नाच नाच्न थालिएको इतिहास छ । उक्त नाच धादिङको रुविभ्यालीपछि भैँसे गाउँमा नाचिँदै आएको छ । उक्त नाचको संरक्षणमा स्थानीय सरकारले सहयोग गरेको गाउँपालिकाका वडासदस्य नवराज ढकालले जानकारी दिनुभयो ।

भैँसे होमस्टेदेखि गङ्गाजमुना तीनसुरे पदमार्ग हिले वन हुँदै बन्दीडाँडा पुगिन्छ । बन्दी डाँडाबाट अदुचेत खर्क, नाङ्गे चौरको वन, गोरखा र धादिङको साँधमा रहेको घुमाउने खोला, धरेन खर्क हुँदै समुन्द्र सतहदेखि दुई हजार नौ सय २० मिटर उचाइमा रहेको ‘तीनसुर भ्यू टावर’ पुग्न सकिन्छ ।

गङ्गाजमुना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले यहाँ भएका प्रकृति र संस्कृति सम्पदालाई जोगाउँदै सिङ्गो गङ्गाजमुनाको पर्यटन विकासका लागि गाउँपालिकाले काम गरिरहेको बताउनुभयो ।

“गङ्गाजमुनाले अगाडि बढाएको पाँच वटा गौरवको आयोजनामध्ये तीन वटा आयोजना पर्यटन क्षेत्रका छन्, गङ्गाजमुनाले पर्यटन क्षेत्रको विकासलाई विशेष प्राथमिकता दिएको छ”, उहाँले भन्नुभयो ।

गङ्गाजमुनाले वडा नं ६ मा रहेको भैँसे गाउँ र वडा नं ३ मा रहेको अम्बोटे गाउँमा होमस्टे सञ्चालन गरिरहेको छ । होमस्टेमार्फत पर्यटन प्रवद्र्धन गर्नु गाउँपालिकाको प्रमुख लक्ष्य भएको उहाँको भनाइ छ ।

यसगाउँपालिकाले चालू आर्थिक वर्षमा गाउँपालिकाभित्रको समग्र पर्यटन क्षेत्रको विकासका लागि रु एक करोडभन्दा बढी रकम विनियोजन गरेको छ । गङ्गाजमुना गाउँपालिकामा ब्राह्मणको भजन, नेवारको लाखे नाच, लामाको परम्परागत घोडा नाच, गुरुङको घाँटु नाच, मगर, राई, घलेलगायतका परम्परागत संस्कृति अनुभव गर्न पाइन्छ । रासस




भर्खरै