११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

काँग्रेसले प्रतिशोधपूर्ण खालको राजनीति गरिरहेको छः ओली

काँग्रेसले प्रतिशोधपूर्ण खालको राजनीति गरिरहेको छः ओली
photo: rss
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसले प्रतिशोधपूर्ण राजनीति गरिरहेको आरोप लगाउनुभएको छ ।

डेढ वर्ष प्रधानमन्त्रीको प्रश्ताव गरेको काँग्रेसले आफूले भनेको नमानेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाएर प्रतिशोधपूर्ण ढंगले राजनीतिक गरिरहेको ओलीको आरोप थियो ।

शुक्रवार पार्टी संसदीय दलको बैठकमा बोल्दै उहाँले उपप्रधानमन्त्री लामिछाने सहकारी प्रकरणमा निर्दोष रहेको कुरा महान्यायाधिवक्ताको कार्यालयले समेत स्पष्ट पारेको जिकिर गर्दै ओलीले यस्ता कुरामा संसदीय छानविन समितिको माग गरेर काँग्रेसले राजीनामा माग्ने खेल शुरु गरेको दाबी गर्नुभयो । पहिला प्रधानमन्त्रीको प्रश्ताव गरेको काँग्रेसले फेरी लामिछानेमाथि नभएको अभियोग लगाउने कोशिस गरेर छुुद्र राजनीति गरेको ओलीको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘महान्यायाधिवक्ताको कार्यालय भन्दैछ–केही पनि छैन । उहाँहरु विभिन्न पृष्ठमा नाम उल्लेख भएका कुराहरु खोजेर हिँड्नुहुन्छ । यो भन्दा अगाडिको बैठकमा भन्नुभयो । उहाँको नाममा नगरौं । सहकारीको अवस्थाको बारेमा छानविन गरौँ । मैले भने अब सहकारीको अवस्थाको बारेमा के छानविन गर्ने ? सहकारीमा बेथिति भएको छ कि छैन ? भन्दा छ । हिनामिना भएको छ कि छैन ? भन्दा छ । सहकारीमा लगानीकर्ताहरु डुबाइएको छन कि छैनन् भन्दा छ । कुन कुन सहकारीको अवस्था के छ, त्यो पनि थाहा छ । अब रिसर्च गर्ने त्यो भन्दा ? सरकारले कदम चाल्न प¥यो अब कसरी यो समस्याको समाधान गर्ने ।

अब सरकारले कदम चालेर समस्याको समाधान गर्नुप¥यो । हामीले रविजीको राजीनामा मागेका छैनौँ भन्छ काँगेस । अहिले राजीनामा मागिएको छैन । केही पनि नहुँदा समिति बनाउ भन्ने, समिति बनेपछि आफ्नै बारेमा छानविन गर्न आफैँ उपस्थित भएको संसद छानविन गर्नु परेपछि मन्त्रीको पदमा बस्न मिल्छ ? उपप्रधानमन्त्री, गृहमन्त्री भएर झण्डा हल्लाउन मिल्छ ? छानविनलाई प्रभावित गर्दैन पुलिसले ? अनि गृहमन्त्री कसरी पदमा रहन सक्छ भन्ने । त्यो छानविन समिति बनाई सकेपछि तत्काल उहाँहरुले शुरु गर्नुहुन्छ राजीनामाको खेल । अनि, एकातिर डेढ वर्ष तपाई प्रधानमन्त्री भईदिनुस् । यो समिकरण छोडिदिनुस्, हाम्रो गठबन्धनमा आउनुस् ।

डेढ वर्ष प्रधानमन्त्री खाईदिनुस् भन्न जाने । त्यो हुन्न भनेर त्यो कागजको सम्झौतामा सही नगरेपछि अनि विभिन्न फाईल बोकेर रिसर्च गर्नुपर्ने । नेपाली काँग्रेसको यस्तो तरिका फिअर छैन । यस अधिवेशनमा उहाँहरु कसरी आउनुहुन्छ ? मलाई थाहा छैन । तर राजनीतिमा यस प्रकारको छुद्र खेलहरु खेलिनु हुँदैन । साच्चै कोही दोषी छ भने त्यो छानविन गर्नु, कारबाही गर्न बेग्लै कुरा हो । दोषी छैन, कसैको उजुर छैन ।

अनि फेरि दोषी करार गरेर कुनै पार्टीलाई सनक चल्यो भन्दैमा, कसैलाई धक्का पर्यो भन्दैमा त्यस प्रकारको छानविन गर्ने, अव कसैलाई एउटा उजुर हाल्न लगाई देला । उजुर हालेको भरमा छानविन गर्न थाल्ने हो भने सबैका विरुद्ध उजुरी पर्दछन् । सबैको छानविन हुन्छ । किन ? आधार त केही पनि चाहिँदैन । यस्तो खालको कुरा कमसेकम नेपाली काँग्रेसले गर्नु हुँदैन । एमाले त्यस्ता खालका कामहरु गर्दैन । काँग्रेसले पनि यस्तो काम गर्नु हुँदैन । प्रतिशोधी र स्वार्थ केन्द्रित राजनीति राजनीति होइन ।’

ओलीले कसैले उजुरी हालेको भरमा छानविन समिति बनाउने कुरा उचित नभएको र त्यसलाई मान्य पक्षमा आफूहरु नरहेको अडान पनि राख्नुभयो ।