१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीपछि अझै ४ हजार २१६ जना सम्पर्कविहीन विपद् व्यवस्थापनमा सरकारको कार्यप्रति रास्वपाको ऐक्यवद्धता, राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो बाढीमा बेपत्ता नागरिकको खोजी तीव्र बनाउन सांसदहरूको सरकारलाई ध्यानाकर्षण राहतको एकद्वार प्रणालीले जनता भोकै बस्नुपरेको एमाले सांसद बरालको आरोप सरकारको खोज तथा उद्धार कार्य सन्तोषजनक रहेको रास्वपाको निष्कर्ष भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा नेपाली सेनासहित विदेशी विशेषज्ञ टोली परिचालन जलविद्युत आयोजनाको टनेलमा फसेका नागरिकको जीवनरक्षालाई प्राथमिकता दिन सरकारलाई एमालेको आग्रह मन्त्रिपरिषद् बैठक सुरु होटल व्यवसायीलाई मन्त्री यादवको आग्रह : ग्यास आपूर्तिमा सहजीकरण गर्न सरकार तयार,होटलको लागि सिलिन्डरको तौल…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यव्यवस्था बैठक बस्न सकेन, प्रतिनिधिसभा बैठक प्रभावित



अ+ अ-

काठमाडौँ । बजेट अधिवेशनको पहिलो बैठकमा शीर्ष नेताहरुलाई बोल्न दिने कार्यसूचीमा नेपाली कांग्रेसले असहमति जनाएपछि कार्यसूची टुंगो नलाग्दा प्रतिनिधिसभा बैठक प्रभावित भएको छ ।

आज बस्ने तय भएको संसद बैठकका कार्यसूची तय गर्नुअघि सभामुख देवराज घिमिरेले दुई चरणमा प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका थिए ।

सो छलफलमा कांग्रेस नेताहरुले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रमात्रै वाचन गर्न दिने, आफ्ना कुरा राख्ने तर शीर्ष नेताहरुलाई बोल्ने कार्यक्रम र नियमित कार्यसूचीमा प्रवेश गर्न नदिने अडान लिएको हो ।

यसैमा सहमति जुट्न नसक्दा नेताहरुले आ–आफ्ना दलका शीर्ष नेताहरुसँग छलफल थालेका छन् । उनीहरु फर्किएपछि मात्र कार्यव्यवस्थाको बैठक औपचारिक रुपमा बस्ने बताइएको छ ।