• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण ★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र

काठमाडौँ महानगरपालिका–१६ को नवनिर्मित भवन उद्घाटन



काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं १६ को नवनिर्मित वडा कार्यालयको भवन उद्घाटन तथा स्वर्गीय वडाअध्यक्ष मुकुन्द रिजालको पूर्ण कदको शालिक अनावरण गरिएको छ ।

काठमाडौँ महानगरपालिकाको रु सात करोड ५३ लाख लगानीमा चमतीमा निर्माण भएको उक्त भवन तथा शालिकको आज काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले उद्घाटन तथा अनावरण गर्नुभयो ।

उपप्रमुख डङ्गोलले समृद्ध वडा निर्माणका लागि वडाअध्यक्षका रुपमा स्वर्गीय रिजालले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । “सबै एकजुट भएर समृद्ध वडा निर्माण गर्नसकेमात्र स्व रिजालप्रति उच्च श्रद्धाञ्जली हुनेछ”, उहाँले भन्नुभयो । उपप्रमुख डङ्गोलले स्पष्ट वक्ता र निर्भिक व्यक्ति रिजालको अभाव वडामात्र नभई काठमाडौँ महानगरपालिकाभित्र खड्किरहेको उल्लेख गर्नुभयो ।

काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले सहमति सहकार्य र एकताको साथ अगाडि बढेमात्र समृद्ध वडा र समृद्ध महानगर निर्माण हुने बताउनुभयो । उहाँले आफू प्रमुख हुँदा नै सबै वडामा सुविधासम्पन्न वडा भवन निर्माण गर्ने लक्ष्य लिएको स्मरण गर्दै उक्त लक्ष्य क्रमश: पूरा हुँदै गएकोमा खुशी व्यक्त गर्नुभयो ।

विस २०७६ सालमा काठमाडौँ महानगरपालिकाले विष्णुमति करिडोरस्थित चमतीमा एक रोपनी चार आना जग्गा खरीद गरी विस २०७८ साउन ३० गते शिलान्यास गरेको काठमाडौँ महानगरपालिका वडा नं १६ का कार्यवाहक अध्यक्ष पुष्प महर्जनले जानकारी दिनुभयो ।

भूमिगत पार्किङसहित छ तला रहेको उक्त भवन तीन हजार वर्गफिट क्षेत्रफलमा फैलिएको छ । उक्त भवनको कार्यादेश रकम रु सात करोड ५३ लाख २२ हजार रहेको छ ।

कार्यक्रममा स्वर्गीय वडाअध्यक्ष रिजालको पूर्ण कदको शालिक निर्माण गर्ने मूर्तिकार महेश तुलाधरलाई सम्मान गरिएको थियो । स्वर्गीय वडाअध्यक्ष रिजालकी धर्मपत्नी कविता आचार्य रिजालले आफ्ना श्रीमान् रिजालले गर्न बाँकी रहेका अधुरा सपना पूरा गर्नका लागि वर्तमान नेतृत्व लाग्नुपर्ने उल्लेख गर्नुभयो । रासस