५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुछारको गुजरातले चौंथो स्थानको चेन्नईसँग खेल्दै



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)को ५९ औं खेलमा आज गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सको सामना गर्दैछ ।

खेल साँझ ७ः४५ बजेदेखि गुजरातको नरेन्द्र मोदी स्टेडियममा हुनेछ । जारी सिजनमा दुई टोली दोस्रो खेल पटक भिड्दैछन् । पछिल्लो खेलमा चेन्नई ६३ रनले विजयी भएको थियो ।

गुजरात र चेन्नईले १२ औं खेल खेल्नेछन् । गुजरातले ११ मध्ये ४ खेल मात्रै जितेको छ भने ७ खेलमा पराजित भएको छ । टोली अंक तालिकाको पुछारमा छ । यता, ११ खेलमध्ये ६ मा जित र ५ हार ब्यहोरेको चेन्नई १२ अंकसहित चौथो स्थानमा छ । आजको खेल जितेर चेन्नईले प्लेअफका लागि आफ्नो स्थान बलियो बनाउने छ ।

दुबै टोलीबीचको हेड टु हेड बराबर छन् । यी दुईबीच ६ वटा आईपीएल खेल भएका छन् । गुजरातले ३ मा र चेन्नई ३ मा विजयी भएका छन् । चेन्नईले पछिल्ला तीन खेल जितेको छ ।

नरेन्द्र मोदी स्टेडियममा दुवै टोली दुई पटक आमनेसामने भएका थिए, जसमा एक पटक गुजरातले जित्यो र एक पटक चेन्नईले जित्यो । गत सिजनको फाइनल पनि यही मैदानमा भएको थियो, जसमा चेन्नई ५ विकेटले विजयी भएको थियो ।

पहिलो दुई सिजनमा प्लेअफमा पुगेको जीटी टोलीको प्रदर्शन यस सिजनमा खास रहेन । हाल टोली अंक तालिकाको पुछारमा छ । साई सुदर्शन र कप्तान शुभमन गिल बाहेक टोलीका कुनै पनि ब्याट्सम्यान राम्रो लयमा छैनन् । टोलीका लागि साई सुदर्शनले सर्वाधिक रन बनाएका छन् । उनको नाममा ११ खेलमा ४२४ रन छन् । बलिङमा मोहित शर्मा शीर्ष स्थानमा छन् । उनले १० विकेट लिएका छन् ।

चेन्नईका कप्तान रुतुराज गायकवाड टोलीका सर्वाधिक स्कोरर हुन् । उनले ११ खेलमा ५ सय ४१ रन बनाएका छन् । उनी बाहेक अलराउन्डर शिवम दुबे पनि उत्कृष्ट फर्ममा छन् । टोलीका शीर्ष दुई विकेट लिने खेलाडी मुस्ताफिजुर रहमान र मथिश पाथिराना स्वदेश फर्किएका छन् । टोलीका तेस्रो सर्वाधिक स्कोरर तुषार देशपाण्डे आजको खेलका लागि उपलब्ध हुनेछन् ।

नरेन्द्र मोदी स्टेडियमको पिच ब्याट्सम्यानका लागि सहयोगी सावित भएको छ । अहिलेसम्म यहाँ ३४ आईपीएल खेल खेलिएका छन् । १४ खेलमा पहिलो इनिङ्समा ब्याटिङ गरेको टोलीले जितेको छ भने १८ खेलमा पछ्याउने टोलीले जित हासिल गरेको छ । यहाँको उच्चतम टिम स्कोर २३३/३ हो, जुन गुजरातले गत सिजन मुम्बई इन्डियन्स विरुद्ध बनाएको थियो ।