६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई सातापछि गायक दीप श्रेष्ठ अस्पतालबाट डिस्चार्ज



अ+ अ-

काठमाडौं । गायक दीप श्रेष्ठ दुई सातापछि अस्पतालबाट डिस्चार्ज भएका छन् । उनको स्वास्थ्यमा सुधार आएपछि अस्पतालले दिउँसो डिस्चार्ज गरेको हो । 

कोरोना संक्रमण पुष्टि भएको केही दिनपछि शरीरमा अक्सिजनमा मात्र कम भएपछि उनी ह्याम्स अस्पताल भर्ना भएका थिए । अस्पतालमा दुई साता आईसीयूमा अक्सिजनको सहायतामा बसेका थिए । श्रेष्ठको स्वास्थ्यमा सुधार आएपछि मंगलबार मात्रै उनलाई आइसीयूबाट क्याबिनमा सारिएको थियो ।

अब घरमै बस्न मिल्ने भएपछि केही दिन घरमै आईसोलेसनमा बस्ने जनाएको छ । गायक दीप ‘द भ्वाइस अफ नेपाल’ को पहिलो संस्करणदेखि नै निर्णायकको रूपमा रहँदै आएका छन् ।