२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितुवाको छाला सहित २ जना पक्राउ



अ+ अ-

काठमाडौं । दुर्लभ बन्य जन्तु चितुवाको छाला बेचबिखन गर्ने दुई व्यक्ति आज पक्राउ परेका छन् । विहानको १०ः२० को समयमा कोठमाडौंका कीर्तिपुर, वडा ३ ढल्पा एरियामा छाला बेचबिखन भएको सुचनाको आधारमा  प्रहरीले पक्राउ गरेको हो । 

दार्चुला जिल्ला मार्मा गाउँपालिका वडा १ घर भई हाल पागाँ वसपार्क वस्ने २३ वर्षिय गिरिराज ठगुन्ना र जिल्ला वझाङ दुगोधली गाउँपालिका वडा ७ घर भई हाल काठमाडौं जिल्ला कीर्तिपुर नगरपालिका ३ ढल्पा बस्ने २९ वर्षिय रानारायण वहादुर सिंह पक्राउ परेका हुन् । 

किर्तिपुरवाट खटिएको बिशेष टोलीले खोजतलास गर्दा थान १ चितुवाको छाला फेला परेको बताइएको छ । साथै थप अनुसन्धान भईरहेको पनि जनाएको छ । अनुसन्धान पश्चात कारवाहीको लागि जिल्ला बन कार्यालय काठमाडौं पठाईने छ ।