२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीयताको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेछ : गणेशकुमार पहाडी



अ+ अ-

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशकुमार पहाडीले मन्त्रालयले गर्ने सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । 

नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री पहाडीले बिहीबार कार्यभार सम्हाल्दै कर्मचारीहरु स्थायी सरकार भएकाले मुलुकलाई कस्तो बनाउने, कस्तो सेवा प्रवाह गर्ने र कामको गुणस्तर कस्तो निकाल्ने भन्ने कर्मचारीको हातमा हुने भएकाले सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिनुभयो । 

सरकारले निर्वाचनको घोषणा गरेको सन्दर्भमा कर्मचारीहरुसँग बसेर काम गर्नुपर्ने र संघीयताको प्रभावकारी कार्यान्वयन गर्नु यस मन्त्रालयको जिम्मेवारी रहेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो – ‘सरकारले निर्वाचन घोषणा गरेको अवस्थामा कर्मचारीसँग बसेर काम गर्ने जिम्मेवारी छ । संघीयताको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेछ । सँगसँगै विकास निर्माणको कामपनि जोडिन्छन् । सेवा प्रवाहमा हामीले एकदमै राम्रो ढंगले सेवा दिन सकुँ । हामीले गर्ने कामहरुको गुणस्तरीयता पनि निकाल्नुपर्ने हुन्छ ।’

मन्त्री पहाडीले यस मन्त्रालय अन्र्तगत राष्ट्रिय गौरवका आयोजनाहरु पनि जोडिने भएकाले निर्धारित समयमा काम सम्पन्न गर्ने, लागत बढ्न नदिने र त्यसको गुणस्तरीयता  कायम गर्ने कुरामा ध्यान दिए कामको प्रतिफल राम्रो निकाल्न सकिने पनि बताउनुभयो ।