२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीयताको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेछ : गणेशकुमार पहाडी



अ+ अ-

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशकुमार पहाडीले मन्त्रालयले गर्ने सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । 

नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री पहाडीले बिहीबार कार्यभार सम्हाल्दै कर्मचारीहरु स्थायी सरकार भएकाले मुलुकलाई कस्तो बनाउने, कस्तो सेवा प्रवाह गर्ने र कामको गुणस्तर कस्तो निकाल्ने भन्ने कर्मचारीको हातमा हुने भएकाले सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिनुभयो । 

सरकारले निर्वाचनको घोषणा गरेको सन्दर्भमा कर्मचारीहरुसँग बसेर काम गर्नुपर्ने र संघीयताको प्रभावकारी कार्यान्वयन गर्नु यस मन्त्रालयको जिम्मेवारी रहेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो – ‘सरकारले निर्वाचन घोषणा गरेको अवस्थामा कर्मचारीसँग बसेर काम गर्ने जिम्मेवारी छ । संघीयताको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेछ । सँगसँगै विकास निर्माणको कामपनि जोडिन्छन् । सेवा प्रवाहमा हामीले एकदमै राम्रो ढंगले सेवा दिन सकुँ । हामीले गर्ने कामहरुको गुणस्तरीयता पनि निकाल्नुपर्ने हुन्छ ।’

मन्त्री पहाडीले यस मन्त्रालय अन्र्तगत राष्ट्रिय गौरवका आयोजनाहरु पनि जोडिने भएकाले निर्धारित समयमा काम सम्पन्न गर्ने, लागत बढ्न नदिने र त्यसको गुणस्तरीयता  कायम गर्ने कुरामा ध्यान दिए कामको प्रतिफल राम्रो निकाल्न सकिने पनि बताउनुभयो ।