२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग

गण्डकीमा माधवको बोली नबिकेपछि…

गण्डकीमा माधवको बोली नबिकेपछि…
अ अ+ अ-

काठमाडौ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको बिपक्षीमा मतदान गर्न एमाले नेता माधव नेपालको निर्देशनलाई उहाँ निटक मानिएका सांसद ईन्द्रलाल सापकोटाले ईन्कार गर्नुभएको छ । 

मुख्यमन्त्री गुरुङ्गले विश्वासको मत लिने प्रक्रिया सुरुभएदेखि नै सबैको ध्यान सापकोटामाथि नै थियो । बिहिबार बिहान पनि माधव नेपालले नै फोन गर्दै सापकोटालाई गुरुङको बिपक्षमा उभिन निर्देशन दिनुभएको थियो । 

स्रोतका अनुसार नेता नेपालले सापकोटालाई भन्नुभयो, 'तपाईले मुख्यमन्त्रीको बिपक्षीमा उभिनुपर्छ नत्र ठिक हुदैन ।' नेता नेपाललाई सापकोटाले भन्नुभयो, 'गण्डकीको राजनीति फरक छ त्यसमा पनि बाग्लुङको झनै फरक छ, त्यसैले म मुख्यमन्त्रीको पक्षमा नै उभिन्छु ।' 

बिहिबार बिपक्षीमा जुटेको ३० कायम रहेको अबस्थामा थप एक मत आबश्यक पर्छ त्यसका लागि सापकोटाको समर्थन लिएर नेपाली कांग्रेसका संसदीयदलका नेता कृष्णचन्द्र नेपालीको नेतृत्वमा सरकारका लागि दाबी गर्ने तयारी केन्द्रका बिपक्षी नेताहरुले गरेका छन् । 

तर सापकोटा गुरुङ्गका पक्षमा उभिएपछि बिपक्षीलाई बहुमत पुर्योउन सकस भएको छ । दुबैतिर नखुलेका सासद दिपक गुरुङ र पर्ख र हेरमा रहेका जनमोर्चाका कृष्ण थापा र खिम बिक्रम शाहीले पनि कसलाई समर्थन गर्छन भन्ने अन्योल कायम रहेको एक सांसदले बताए । 

मुख्यमन्त्री गुरुङको पक्षमा बहुमत नपुगेपछि अब प्रदेश प्रमुख सीता पौडेलले प्रदेश शभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्री बन्नका लागि आह्वान गर्नुहुने छ । दुबै पक्षसँग स्पष्ट बहुमत नपुग्ने अबस्था भए गण्डकी प्रदेश सभा बिघटन भएर मध्यावधी निर्वाचनमा जाने अबस्था आउने ती साँसदले जानकारी दिनुभयो ।