२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग

कोरोनाबाट मृत्यु भएका परिवारलाई किरिया खर्च

कोरोनाबाट मृत्यु भएका परिवारलाई किरिया खर्च
अ अ+ अ-

कञ्चनपुर । बेलौरी नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएका परिवारलाई किरिया खर्चवापत रु १५ हजार उपलब्ध गराउने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकले कोरानाबाट मृत्यु भएका परिवारलाई किरिया खर्च उपलब्ध गराउने निर्णय गरेको नगर प्रवक्ता विनोद नेपालीले बताउनुभयो । “कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनुभएका सबै व्यक्तिका परिवारलाई किरिया खर्च दिने निर्णय गरिएको छ”, उहाँले भन्नुभयो, “केही दिनभित्रै खर्च दिन शुरु गर्छौँ ।” कोरोनाका कारण नगरपालिकाका १४ जनाको उपचारका क्रममा मृत्यु भएको छ । पाँच सय बढी व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

नगरपालिकाले कुण्डास्थित कोभिड अस्पतालमा उपचारपछि घर फर्किने बासिन्दालाई पनि पोषिलो खाना पनि उपलब्ध गराउने भएको छ । त्यसका लागि दुई हजार बराबरको पोषणयुक्त खानाका सामान उपलब्ध गराउने कार्यपालिकाबाट निर्णय गरिएको छ । कोभिड सङ्क्रमित बालबालिकाको उपचारका लागि भवन बनाउने निर्णय पनि गरिएको छ । बेलौरीमा दुई बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ । दुवै जना १५ र १६ वर्षका छन् । बालबालिकामा कोरोना सङ्क्रमण फैलिने सक्ने सम्भावनालाई मध्यनजर गरी भवन बनाउन लागिएको हो । त्यस्तै नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरलाई रक्त सञ्चार सेवा केन्द्र सञ्चालनका लागि सहयोग गर्ने निर्णय गरेको छ । कार्यपालिका बैठकबाट रक्त सञ्चार केन्द्रका लागि रु ५० हजार सहयोग गर्ने निर्णय गरिएको छ । 

सङ्क्रमण घट्दै

कञ्चनपुरमा कोरोनाको सङ्क्रमण घट्न थालेको छ । निषेधाज्ञाको प्रभावका कारण कोरोनाको सङ्क्रमण घटेको हो । सङ्क्रमित हुने बिरामीको सङ्ख्याभन्दा निको हुने बिरामीको सङ्ख्या बढ्दोरूपमा रहेको छ । मृत्यु हुने क्रममा समेत निकै कमी आएको छ । बिहीबार सङ्क्रमितको सङ्ख्या २३ रहेकामा निको भई घर फर्कनेको सङ्ख्या ५४ रहेको थियो । स्वास्थ्य कार्यालय कञ्चनपुरले उपलब्ध गराएको विवरणअनुसार जिल्लामा सक्रिय सङ्क्रमित ४८७ रहेका छन् । आइसोलेशनमा ११२ र होमआइसोलेशनमा रहेका बिरामीको सङ्ख्या ३७५ रहेको छ । हालसम्म पोजेटिभको सङ्ख्या सात हजार ४६६ रहेकामा निको भई घर फर्केकाको सङ्ख्या छ हजार ७८६ रहेको छ ।

हालसम्म २२ हजार ९९ जनाको पिसिआर परीक्षण गरिएकामा जसमध्ये २२ हजार ३६ जनाको नतिजा प्राप्त भएको छ । पश्चिमी सीमानाका गड्डाचौकीमा एन्टिजेन परीक्षण नौ हजार ७०१ जनाको गरिएकामा जसमध्ये ५४९ जनाको नतिजा पोजेटिभ आएको छ । कोरोनाको दोस्रो लहर शुरु भएसँगै वैशाखयता मात्रै पाँच हजार ९३ जनाको पिसिआर परीक्षण गरिएकामा जसमध्ये चार हजार ८५३ जनाको नतिजा प्राप्त भएको छ । प्राप्त नतिजामा तीन हजार ३५८ सङ्क्रमित देखिएका छन् । सोही अवधिमा निको हुनेको सङ्ख्या तीन हजार ४१ रहेको छ । वैशाखयता १४ हजार ४२८ जनाको एन्टिजेन परीक्षण गरिएकामा जसमध्ये दुई हजार १६५ जनाको नतिजा पोजेटिभ आएको छ ।