२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग

एमालेले कर्णाली सरकारमा सहभागी मन्त्रीलाई राजीनामा गर्न निर्देशन दिने

एमालेले कर्णाली सरकारमा सहभागी मन्त्रीलाई राजीनामा गर्न निर्देशन दिने
अ अ+ अ-

कैलाली । नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गुलावजङ्ग शाहले सरकारमा सहभागी मन्त्रीलाई हट्न निर्देशन दिने बताएका छन् । 

फ्लोर क्रस गरेर महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाएका एमालेका चार सदस्यलाई तत्काल राजीनामा दिएर सरकार छाड्न निर्देशन दिइने शाहले बताए । दलको बैठक बसेर तत्काल सरकारबाट बाहिरिन निर्देशन दिइने उनले जानकारी दिए ।

अदालतको फैसलाअनुसार चारै जना एमालेको प्रदेशसभा सदस्य भएकाले अब दलको ह्विप मान्नुपर्ने शाहको भनाइ छ । एउटा दलको चुनाव चिह्नबाट चुनाव जितेर आएपछि म त्यो दलको होइन म नीतिनियम मान्दैन भन्न नपाउने भएकाले पार्टी र संसदीयदलको विधानअनुसार चल्नुपर्ने उनको तर्क छ । दल बदलको कानूनअनुसार कारबाही गरिएको उल्लेख गर्दै उनले भने, “कि सरकार छाडेर दल मातहत आउनु पर्यो नत्र कारबाहीको भागेदार हुनुप¥यो ।” 

    अदालतको फैसलाले नयाँ बहस शुरु

फ्लोर क्रस गरेपछि कारबाहीमा परेका एमालेका सदस्यलाई सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएपछि नयाँ बहस शुरु भएको छ । एमालेले कारबाही गरेपछि पदमुक्त भएका प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई सर्वोच्चले प्रदेशसभा सदस्य पदमा पुनर्बहाली गरिदिएपछि कर्णाली सरकारका बारेमा बहस शुरु भएको हो । 

मुख्यमन्त्री शाही नेतृत्वको सरकारलाई प्रदेशसभामा विश्वासको मतका लागि फ्लोर क्रस गरेर जोगाइदिएका चार सदस्यले अब के गर्छन् भन्ने चासो उब्जिएको छ । 

यस्तो छ कर्णालीको अङ्कगणित

सर्वोच्च अदालतको आदेशपछि प्रदेशसभा ३९ सदस्यीय बनेको छ । अदालतको आदेशपछि हाल कर्णाली प्रदेशसभामा एमालेको एकल बहुमत भएको छ । सभामुख राजबहादुर शाहीसहित एमालेका २०, नेकपा (माओवादी केन्द्र)का १२, कांग्रेसका छ र राप्रपाका एक सदस्य छन् । प्रदेशसभामा बहुमत लिन २० सदस्य भए पुग्छ ।