२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग

फेरि कारबाहीमा परे सांसद थापा

फेरि कारबाहीमा परे सांसद थापा
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमोर्चा (राजमो)ले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई फेरि कारबाही गरेको छ । 

बिहिबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत लिँदा विपक्षमा मतदान गर्न पार्टीले जारी गरेको हृवीप उल्लंघन गरेको भन्दै थापालाई पार्टी सदस्य समेत नहरने गरी जनमोर्चाले कारबाही गरेको हो ।

थापालाई पदमुक्त गरेको सूचना प्रदेशसभाको आज बस्ने बैठकमा दिने तयारी जनमोर्चाको छ ।

गत जेठ २० मा पनि जनमोर्चाले हृवीप उल्लंघन गरेको भन्दै थापालाई प्रदेशसभा सदस्यबाट पदमुक्त गरेको थियो । तर, थापाले आफूमाथि भएको कारबाही त्रुटिपूर्ण भएको भन्दै अदालतमा रिट दायर गरेका थिए । 

यद्यपि सर्वोच्च अदालतले एउटा काम कारबाहीका लागि जारी भएको हृपीप सो खास कार्य हुन नसके परिस्थिति परिर्वतन भएको अवस्थामा राजनीतिक दलसम्बन्धी ऐन उल्लंघन भई दल त्याग भएको मानिनसक्छ कि सक्दैन भन्ने कानूनी व्याख्याको विषय भएको भन्दै थापालाई पुनर्वहाली गर्न अन्तरिम आदेश जारी गरेको थियो ।